हो! तिम्लाई मात्र हेरिरँहु लाग्छ आजभोलि
न्यानो अंगालोमा बेरिरँहु लाग्छ आजभोलि
फूल जस्ति पनि तिमी जुन जस्ति पनि तिमी
गीत गजलमा केरिरँहु लाग्छ आजभोलि
मर भनेनि मर्दिन्छु बाँचेको छु तिम्रै लागि
प्रियाको वचन टेरिरँहु लाग्छ आजभोलि
आँखै राम्रो मायालुको रुपको के कुरा
चट्ट पहिरन फेरिरँहु लाग्छ आजभोलि
विश्वासको खेति गर्दा शंकाहरु फल्ने गर्छ
दिलको मझेरीमा घेरिरँहु लाग्छ आजभोलि
-देवराज भन्तना"अपवाद "
20अगस्ट2014
गजल : प्रियाको वचन टेरिरँहु लाग्छ [ देवराज भन्तना"अपवाद ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment