Pages

Home » » कविता : जिन्दगीको अध्याय [ बिनोद आचार्य ]

कविता : जिन्दगीको अध्याय [ बिनोद आचार्य ]

जिन्दगीको एक अध्याय सकिए लगत्तै,
टालिएका आँखाहरु खुलेका छन्!

एका बिहानै क्षितिज सम्म छरिएर
मेरा आँखाले
बिगतमा टागिएका भविष्यको
एक जोडा तस्विर खिचेका छन!

भरे आकाशमा बादल लागेन भने,
एका बिहानै खिचेका एक जोडा तस्बिरहरु
जुनमा लगेर टासिदिन्छु
ता कि भविष्यमा मेरा आँखा टालिएर
अध्यारै-अध्यारो बाटो हिड्नु परे पनि
जुनसँगै चम्किरहुन मेरा भविष्यका
झलकहरु!!

सिङ्गो बृतान्तका कुनै पनि रहस्य
कोट्याइने छैन
र कुनै पनि बिकल्प खोजिने छैन
त्यागका निम्ति
बाँकी जिन्दगीमा!

जिन्दगी भोगाईका थुङ्गा उनेर
जुनेली रातमा
मेरो भविष्य मिश्रित प्रकाशले
चम्किएका हिमकणहरू बटुलेर मात्र
पुरा जिन्दगीको अध्याय अन्त हुनेछ!!

बिनोद आचार्य
रुद्रपुर 9, रुपन्देही
हाल:काठमाडौँ।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger