Pages

मिठा कुरा


शारीरिक भाषा पनि हुन्छ







प्रेमी-प्रेमिकाको सम्बन्ध अत्यन्त जटिल हुन्छ तर यो सम्बन्धलाई बुझ्नु सहज पनि हुन सक्छ, त्यसका लागि आफ्नो साथीको शरीरको भाषा पढ्न सक्नुपर्छ। साथीको बानी व्यवहारबाट पनि आफ्नो सम्बन्धको गहिराइ बुझ्न सकिन्छ।

बुझौँ पुरुषको शरीरको भाषा

हात समात्ने तरिकाः यदि पुरुषले आफ्नो हात कसेर समात्छ र उसको औंला इन्टरलक छ भने त्यसको अर्थ हुन्छ ऊ आफूलाई अत्यन्त माया गर्छ र आफ्नो प्रेमलाई खुल्ला रूपमा व्यक्त गर्न पनि संकोच मान्दैन। यस्ता पुरुषसितको जीवन सुखमय हुन्छ तर हात समात्दा हात खुकुलो छ वा दबाब हल्का छ भने त्यसको अर्थ आपसी सम्बन्ध अझै प्रारम्भिक स्थितिमा छ।

खुट्टाको स्थितिः यदि पुरुष आफूसित बसेको छ र उसको खुट्टा क्रसिङ छ तर खुट्टाको दिशा आफूतर्फ नभएर अरुतिर छ भने यो ठीक सङ्केत होइन। यसबाट उसमा आफूप्रति कुनै विशेष रुचि नभएको बुझिन्छ, तर उसको क्रस खुट्टाको दिसा आफूतर्फ नै छ भने यसले ऊ आफूलाई प्रेम गर्छ भन्ने कुरालाई दर्साउँछ। आफूमा उसको रुचि छ र ऊ आफूसित रहन रुचाउँछ भन्ने बुझाउँछ।


अचानक बढी माया देखाएः जीवनसाथीले अचानक आफूलाई धेरै माया गर्न थाले खुसी हुनुभन्दा अघि कारण बुझ्नु आवश्यक छ। घर र्फकंदा ढिलो भएको स्थितिमा ऊ आफ्नो चाकडी गर्न थाल्छ भने ऊ आफ्नो कुनै गल्ती लुकाउने प्रयासमा छ भन्ने बुझनुपर्छ। यसबाहेक यदि ऊ प्रायः ओभरटाइमको बहाना गरेर घर ढिलो र्फकन्छ, मोबाइल वा कम्प्युटरमा बढी समय बिताउँछ भने उसको कुनै महिलासित चक्कर छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ।

आँखा नजुधाई कुराकानी गरेः यदि ऊ आफूसित रहेर पनि आफ्नो आँखामा हेरेर कुराकानी गर्दैन भने ऊ लजालु स्वभावको छ वा केही कुरा लुकाइरहेको छ भन्ने बुझ्नुपर्छ। आफूसित रहेर पनि यताउति हेरेर कुरा गर्छ भने ऊ इमानदार छैन भन्ने बुझ्नुपर्छ। यस्ता पुरुष असल जीवनसाथी बन्न सक्दैनन् र उसले आफ्नो साथ कुनै पनि बेला छोड्न सक्ने सम्भावना हुन्छ।

कुराकानी गर्दा नङ टोक्छ वा बारम्बार केश मिलाउँछ भनेः यस्तो व्यवहारले उसले झूटो बोल्दैन वा गफ गर्दैन भन्ने बुझिन्छ। हात बाँधेर बसे उसमा आत्मविश्वासको कमी दर्सिन्छ। यसले डर तथा अन्यौललाई सङ्केत गर्छ। यस प्रकारको सम्बन्धमा आफैंबाट कदम चालिनुपर्ने हुन्छ। 

एकान्तमा भेट्ने कुरालाई प्राथमिकता दिएः यदि ऊ सधैं एकान्तमा भेट्ने कुरालाई प्राथमिकता दिन्छ भने त्यसबाट ऊ आफूसित प्रेम गर्दैन र उसको आकर्षण शारीरिक मात्र भएको कुरा व्यक्त हुन्छ। यस्तो सम्बन्ध टिकाउ हुँदैन। अतः यस्ता पुरुषबाट जोगिनुपर्छ।

आफ्ना बारेमा कुरा गर्नबाट बच्न खोजेः यस्तो स्थितिमा दालमा कालो छ भन्ने बुझनुपर्छ। उसले आफ्ना बारेमा पहिले बताएको कुरा झूटो पनि हुनसक्छ। ऊ आफ्नो जीवनमा रहन नचाहेको संकेत पनि हुनसक्छ। दुवै स्थितिमा ऊसितको सम्बन्ध ठीक होइन। त्यसैले सावधान रहनुपर्छ। 

बुझौँ महिलाको शरीरको भाषा

यदि बारम्बार औँलाले केश चलाएः यसको अर्थ हुन्छ, उनी आफूप्रतिको सतर्कता चाहिन्छन् वा उनलाई आफूप्रति बढी लगावको चाहना छ। उनी आफूलाई मन पराउँछिन् र आफूले उनका बारेमा कुरा गरोस्, प्रशंसा गरोस् भन्ने चाहन्छिन्। यसो गरे उनको मनमा स्थायी रूपमा स्थान बनाउन सकिन्छ।

कुुरा गर्दा बारम्बार घडी हेरेः यसले आफ्नो कुरामा उनको कुनै रुचि नभएको दर्साउँछ र उनी आफ्नो कुराबाट बोर भएको देखाउँछ। यसले उनी हतारमा रहेको र कतै पुग्नुपर्ने भएको पनि देखिन्छ। अतः आफ्नो कुरामा पूर्णविराम लगाएर उनलाई जान दिनु उचित हुन्छ।

आँखा जुधाएर कुरा गर्छिन् भनेः यसको अर्थ उनी आफ्नो सम्बन्धलाई लिएर पूर्ण आश्वस्त हुनु हो। उनी कुराकानीका बेला आफूतिर हेर्दै र आफ्नो नजरलाई तल झुकाउँछिन् भने उनी आफूतर्फ आकषिर्त भएको र आफूबाट पनि त्यस्तै अपेक्षा गरेको बुझ्नुपर्छ।

कम्मरमा हात राखेर उभिएः यदि उनको दुवै हात कम्मरमा छ भने उनमा अधिकारको भावना भएको र उनले आफूलाई डोमिनेट गर्न चाहेको बुझिन्छ। यदि उनको एउटा मात्र हात कम्मरमा छ भने त्यसले आफ्नो ध्यान उनीतिर आकषिर्त गर्न खोजेको बुझ्नुपर्छ। यदि हात बाँधेर उभिएकी छिन् भने आफूमा उनको रुचि नभएको कुरा बुझ्नुपर्छ।

बस्दा बारम्बार आसन परिवर्तन गरेः यदि त्यसो हो भने उनमा आत्मविश्वासको कमी भएको वा आफ्नो सामु उनलाई असहज महसुस भएको वा आफूसितको सम्बन्धका बारेमा दुविधामा रहेको बुझ्नुपर्छ।

यदि आफ्नो कमीका सम्बन्धमा कुरा गर्छिन् भनेः यो अस्वस्थ सम्बन्धको संकेत हो, अतः सावधान रहनुपर्छ। सम्भवतः उनी आफ्नो कमीकमजोरी बताएर, आफूलाई होच्याउने प्रयास गर्दैछिन् वा स्वयंलाई सुपेरियर सावित गर्न खोज्दैछिन्।
Prakash Aryal

Source:saptahik
Prakash Aryal


Source :Saptahik
Prakash Aryal

Source:Saptahik


 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger