Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » फेसबुक एकाउन्ट हयाक

फेसबुक एकाउन्ट हयाक


अहिले अधिकांश फेसबुक प्रयोगकर्ताको वालमा यस्तो भिडियो पोस्ट हुने गरेको छ। यदि त्यसलाई क्लिक गरियो भने अटोमेटिक रूपमा आफ्नो नाममा आफ्नो साथीको वालमा उक्त भिडियो पोस्ट हुन पुग्छ जसले मित्रसँगको सम्बन्धमा फाटो ल्याउँछ। यस्तो भिडियोको लिंक आउनासाथ डिलिट गर्नुपर्ने बताउँछन लामो समयदेखि फेसबुक चलाउँदै आएका सञ्चारकर्मी गोविन्द बानियाँ। फेसबुकमा प्रयोग गरेको पासवर्ड अन्य एकाउन्टमा प्रयोग नगर्नसमेत सुझाव दिन्छन बानियाँ। फेसबुक अफ गर्दा पनि साथीको लिस्टमा आफूलाई अनलाइन देखाउँछ भने आफ्नो फेसबुक एकाउन्ट हयाक भएको हुनसक्छ। यस्तो अवथामा तत्काल पासवर्ड चेन्ज गर्नुको विकल्प हुँदैन।

वि.सं.२०६६ मंसिरमा प्रहरी अपराध महाशाखामा 'साइबर क्राइम अनुसन्धान सेल' स्थापना गरिएपछि फेसबुक दुरुपयोगको अनुसन्धान हुन थालेको छ। म्ाहानगरीय प्रहरी अपराध महाशाखाका अनुसार दैनिक २/३ वटा उजुरी पर्ने गरेको छ। आर्थिक वर्ष २०६७/६८ मा मात्र २० वटा फेसबुक दुरुपयोगसम्बन्धी उजुरी परेको तथ्यांक छ भने गत साउनदेखि हालसम्म १८ वटा उजुरी परिसकेको तथ्यांक सार्वजनिक भएको छ।

फेसबुकको दुरुपयोगबाट बच्ने उपाय ः

कुनै फाइल डाउनलोड गर्दा वा अन्य एकाउन्ट बनाउँदा फेसबुककै पासवर्ड प्रयोग गर्नुहुँदैन। किनभने हृयाकरहरूले पासवर्ड पत्ता लगाउँन विभिन्न आकर्षक वेबसाइट बनाएका हुन्छन। त्यसैले छुट्टै पासवर्ड प्रयोग गर्नुपर्छ। फेसबुक खोल्दा आफनो व्यक्तिगत विवरण पूर्णरूपमा राख्नु हुँदैन किनभने जोकसैले पनि त्यसको दुरुपयोग गर्न सक्छ।

पासवर्ड राख्दा सकभर अनुमान लगाउन सजिलो हुने खालका शब्द जस्तै १,२,३, घरेलु ठेगाना, जीवनसाथी/प्रेमी/प्रेमीकाको नाम, मोबाइन नम्बर, आफनो नामथर इत्यादि प्रयोग गर्नुहुँदैन।

फेसबुकमा आएको रिक्वेस्टलाई तस्बिर हेरेर होइन उसको प|mेन्डलिस्ट, इन्फो, वाल इत्यादि चेक गरेर मात्र एसेप्ट गर्नुपर्छ।

फेसबुकमा नयाँ एप्लिकेसन इन्टल गर्दा विशेष ध्यान दिनु आवश्यक छ। जुनसुकै एप्लिकेसन इन्टल गर्दा भाइरस छिर्न प्रवल सम्भावना रहन्छ।

फेसबुक इन्फोमा सम्पर्क नम्बर र ठेगानाहरू सकभर नराखेकै राम्रो किनभने व्यापारिक संघसंथाहरूको फोनले आफूलाई हैरान पार्न सक्छ साथै अपराधीको हातमा पनि पर्न सक्छ।

फेसबुकमा इमेल एड्रेस राख्नु हुँदैन, जसले गर्दा आफू सुरक्षित रहन सकिन्छ। फेसबुकमा उपलब्ध पेजहरू लाइक गर्दा पनि ध्यान दिनु आवश्यक छ।

मोबाइलमा मोबाइल कन्र्फमेसन राखेर पनि सुरक्षित हुन सकिन्छ, यसले आफ्नो फेसबुक खोल्न मोबाइल म्यासेज कोड राख्नुपर्ने हुन्छ। अश्लील भिडियो भएको वाल देखियो भने त्यसलाई तुरुन्त डिलिट गर्नुपर्छ। यदि कोही कसैबाट आफ्नो वालमा पोस्ट भएको छ भने साथीलाई नै डिलिट गर्नुभन्दा उसलाई जानकारी दिएर डिलिट गर्न लगाउनुपर्छ।

आफ्नो साथीको नामबाट आएको म्यासेजमा कुनै लिंक छ भने खोल्नुभन्दा अघि विशेष ख्याल गर्नुपर्छ।

अरूको नाममा फेसबुक खोल्ने वा अनावश्यक तस्बिर ट्याग गर्ने काम कहिल्यै गर्नु हुँदैन।

Share this article :

1 comment:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger