Pages

साहित्य सुची

1 comment:

cesiumsaud@gmail.com said...

कविता: प्रेम पत्र ��

खै कहाँ कोरु प्रेम पत्र ?
कागजहरु रिक्त छैनन्
जस्तै ;
कसैको मन रित्तो देखियनी
वास्तविकता भिन्न होस्
रिक्त पानाहरुमा
प्रेमको गहिराइ देखिन्न रहेछ
प्रेमको फैलावट अटाउन्न रहेछ
हो, वास्तवमै (२)
प्रेमरुपी अभिलाषा पत्रमा कोरिन्न रहेछ

कसलाई देखाँउ, म यि प्रेम पत्र ?
मलाई थाहा छ
तिमी जरुर हेर्दैहेर्दिनौ
अरुले हेरुन् न
बिचरा सिवाय केही भन्ने छैन

के लेखु, म मेरो प्रेम पत्रमा ?
मेरा लागि प्रेम ठानिने शव्दहरुले
तिम्रा सामु अनुरागविहिनता बोल्दछन्
कसरी लेखु प्रेमले ओतप्रोत शब्दहरू
तिम्रो लागि (२)
त केवल
बाह्रखरि र x,y,z का शमिश्रण न हुन्

कसलाई भनु, मेरो प्रेम कहानी ?
म त आजित छु
सुनाउदा सुनाउदै
तुलनात्मक सामुन्द्रिक गहिराइ झै प्रेम
अनि रिक्तताको अाकाशमा
झिलिमीलि तारा झै रङ्गिन जिन्दगी
सँगै तिमीप्रतिको मेरो त्याग
ज्वालामुखि भित्रको लाभा झै
उम्कन खोजिरहेको प्यार
उहीँ मदन र मज्नु झै दास वनाउन तत्पर देखिन्छ

अनि के सम्बोधन गरु तिम्लाई ?
प्रियसि, मायालु, प्यारि या मुटुको धड्कन
शब्दहरु पो फरक त
म त सवैमा
उहिँ प्रेमभाव देख्दैछु
जस्तो मिल्ने साथिहरु को होस्।

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger