Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » मंगलग्रहमा पानी

मंगलग्रहमा पानी

मंगलग्रहमा पानी रहेको नेपाली विद्यार्थीले पत्ता लगाए

काठमाडौं, साउन २२ – अमेरिकामा अध्ययनरत नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको शोधका आधारमा अन्तरिक्ष अनुसन्धान संस्था नासाले ‘मंगल ग्रहमा पानी भएको’ तथ्य सार्वजनिक गरेको छ। नासा (राष्ट्रिय हवाई उड्डयन तथा अन्तरिक्ष प्रशासन) ले उनकै शोधमा टेकेर मंगल ग्रहको सतहमा न्यानो याममा नुनिलो पानी पाइने घोषणा बिहीबार गरेको छ।
अमेरिकाको टुसान सहरस्थित एरिजोना विश्वविद्यालयमा जिओफिजिक्स अध्ययनरत २१ वर्षीय गत अप्रिलमा मंगल ग्रहमा पानी रहेको शोध नासालाई बुझाएका थिए।
बिहीबार सिएनएनसँग कुरा गर्दै ओझाले मंगल ग्रहमा पानी रहेको पत्ता लागे पनि त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको बताए। अर्को वर्ष स्नातक तहको अध्ययन पूरा गर्ने ओझाको यो खोजपछि मंगल ग्रहमा जीवको सम्भावनाबारे जारी अध्ययनलाई बल पुगेको छ।
‘मंगल ग्रहको प्रारम्भिक तस्बिर हेरेर मैले यो शोध गरेको थिएँ,’ उनले सिएनएनसँग भनेका छन्, ‘त्यो अनुसन्धानमा सहभागी हुन पाउनु मेरो अहोभाग्य हो।’ उनले मंगल ग्रहको एउटा सतहमा रहेको खोँचलाई आधार मानेर अध्ययन गरेका थिए। उनले त्यो खोँचमा मौसमअनुसार आउने परिवर्तनबारे अध्ययन गरेका थिए।
उनी अध्ययनरत विश्वविद्यालयको वेबसाइटअनुसार मंगल ग्रहमा पानीको बहावबारे ओझाको पछिल्लो खोज साइन्स जर्नलका सहसम्पादक प्रोफेसर अल्फ्रेड म्याक्विनको मातहत गरेका हुन्। उनले अर्का अनुसन्धानकर्ता कोलिन डुन्दासको सहयोगमा यो खोज गरेका हुन्।
सन् २००८ देखि ओझा एरिजोना हाइ रेजुलुसन इमेजिङ साइन्स एक्सपेरिमेन्ट (हाइराइज) समूहसँग आबद्व भएर अनुसन्धानमा तल्लीन थिए।
ओझाले सबैभन्दा पहिले आफ्नो शोध काउन्सिल अफ अन्डर ग्य्राजुएट रिसर्चले अमेरिकी संसद (क्यापिटोल हिल)मा प्रत्येक वर्ष आयोजना गर्ने कार्यक्रममा गत अप्रिल १३ मा प्रस्तुत गरेका थिए। त्यसमा सांसद, वैज्ञानिक र अनुसन्धानसम्बद्ध संस्था सहभागी हुन्छन्।

source: Nagariknews Sunday , August 7, 2011

Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger