खै कहाँ कोरु प्रेम पत्र ? कागजहरु रिक्त छैनन् जस्तै ; कसैको मन रित्तो देखियनी वास्तविकता भिन्न होस् रिक्त पानाहरुमा प्रेमको गहिराइ देखिन्न रहेछ प्रेमको फैलावट अटाउन्न रहेछ हो, वास्तवमै (२) प्रेमरुपी अभिलाषा पत्रमा कोरिन्न रहेछ
कसलाई देखाँउ, म यि प्रेम पत्र ? मलाई थाहा छ तिमी जरुर हेर्दैहेर्दिनौ अरुले हेरुन् न बिचरा सिवाय केही भन्ने छैन
के लेखु, म मेरो प्रेम पत्रमा ? मेरा लागि प्रेम ठानिने शव्दहरुले तिम्रा सामु अनुरागविहिनता बोल्दछन् कसरी लेखु प्रेमले ओतप्रोत शब्दहरू तिम्रो लागि (२) त केवल बाह्रखरि र x,y,z का शमिश्रण न हुन्
कसलाई भनु, मेरो प्रेम कहानी ? म त आजित छु सुनाउदा सुनाउदै तुलनात्मक सामुन्द्रिक गहिराइ झै प्रेम अनि रिक्तताको अाकाशमा झिलिमीलि तारा झै रङ्गिन जिन्दगी सँगै तिमीप्रतिको मेरो त्याग ज्वालामुखि भित्रको लाभा झै उम्कन खोजिरहेको प्यार उहीँ मदन र मज्नु झै दास वनाउन तत्पर देखिन्छ
अनि के सम्बोधन गरु तिम्लाई ? प्रियसि, मायालु, प्यारि या मुटुको धड्कन शब्दहरु पो फरक त म त सवैमा उहिँ प्रेमभाव देख्दैछु जस्तो मिल्ने साथिहरु को होस्।
चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका तपाइँहरु संग प्रत्यक्ष छलफल गरि अझै धेरै गुणस्तरीय बनाउदै नेपाली साहित्यको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता गर्दछ | तपाइँलाइ हाम्रो यस साहित्यिक ग्रुपमा जोडीनुहुन अनुरोध गर्दछौं |Click Here
1 comment:
कविता: प्रेम पत्र ��
खै कहाँ कोरु प्रेम पत्र ?
कागजहरु रिक्त छैनन्
जस्तै ;
कसैको मन रित्तो देखियनी
वास्तविकता भिन्न होस्
रिक्त पानाहरुमा
प्रेमको गहिराइ देखिन्न रहेछ
प्रेमको फैलावट अटाउन्न रहेछ
हो, वास्तवमै (२)
प्रेमरुपी अभिलाषा पत्रमा कोरिन्न रहेछ
कसलाई देखाँउ, म यि प्रेम पत्र ?
मलाई थाहा छ
तिमी जरुर हेर्दैहेर्दिनौ
अरुले हेरुन् न
बिचरा सिवाय केही भन्ने छैन
के लेखु, म मेरो प्रेम पत्रमा ?
मेरा लागि प्रेम ठानिने शव्दहरुले
तिम्रा सामु अनुरागविहिनता बोल्दछन्
कसरी लेखु प्रेमले ओतप्रोत शब्दहरू
तिम्रो लागि (२)
त केवल
बाह्रखरि र x,y,z का शमिश्रण न हुन्
कसलाई भनु, मेरो प्रेम कहानी ?
म त आजित छु
सुनाउदा सुनाउदै
तुलनात्मक सामुन्द्रिक गहिराइ झै प्रेम
अनि रिक्तताको अाकाशमा
झिलिमीलि तारा झै रङ्गिन जिन्दगी
सँगै तिमीप्रतिको मेरो त्याग
ज्वालामुखि भित्रको लाभा झै
उम्कन खोजिरहेको प्यार
उहीँ मदन र मज्नु झै दास वनाउन तत्पर देखिन्छ
अनि के सम्बोधन गरु तिम्लाई ?
प्रियसि, मायालु, प्यारि या मुटुको धड्कन
शब्दहरु पो फरक त
म त सवैमा
उहिँ प्रेमभाव देख्दैछु
जस्तो मिल्ने साथिहरु को होस्।
Post a Comment