पि.ए. चुक्स को उत्पीडित गजल
बाहिर फुल राम्रो देखे लाग्यो तेस्को जातै राम्रो
माया दिई टिप्न खोज्दा कोर्ने रैछ हातै हाम्रो
पानी माथि फुल देखे पोखरिको ख्यालै भयन
फोहोर पानी कस्लाई के था यो बैसालु मातै चाम्रो
टाढा थिए राम्रै देखे नजिक पुग्दा थाहा भयो
दुर्गन्धित भएरनी लोव्याउने त्यो बातै राम्रो
म त कसम खान्छु अब फुलमा आँखा लगाउदिन
त्यो फुल देक्ने दिन भन्दा तारा देक्ने रातै राम्रो
उ ठिस् छे
बैसालु त्यो बैश भित्र फक्रिएकी युबतिलाई ..
म के भनेर के भनेर सम्बोधन गरु
थाहा छ म सँग कुनै त्यस्तो शब्द हुन्न
जुन उनि सँग कड्किएर बोल्न सकु
तालको कुरा बेतालमा पुर्याउछे
सुर लाई बेसुर
कसरी र के भनेर वाक्क पार्छे
था छ सबैलाई यो यस्तै छे
र मलाई पानी
र म बोल्न चाहन्छु
अरु धेरै उ सँग बोल्छन
चहेरै बोल्छन
खोजी खोजी बोल्छन
किन बोलिरहेछन ?
खै !
उ तेस्तै कुरा गर्छे
त्यो पानी थाहा छ उ आफुमा आँफै सतर्क पानी छे
उ ठीक छे
उ सँग बोल्दाइमा थाहा हुन्छ
उ ठीक छे
अनी ठिस् पानी त छे
उ ठिस् छे
-Prakash Aryal
No comments:
Post a Comment