इजिप्टको प्रहरीले एक दम्पत्तिलाई फेसबुकमा आफ्नो घरमा पतिपत्नी साटासाट गर्ने कार्यक्रममा भाग लिन विज्ञापन गरेको आरोपमा पक्राउ गरेको एक सुरक्षा अधिकारीले बताएका छन् । 

एक ३० वर्षीय लेखापाल तथा सोही उमेरकी उनकी पत्नीलाई उनीहरूले फेसबुकमा राखेको विज्ञापनको शीर्षक ‘‘पत्नी साटासाट’’ रहेकाले पक्राउ गरिएको बताइएको छ । सन् २००९ को अप्रिल महिनामा काइरो अदालतले पतिपत्नी साटासाट गर्ने क्लब स्थापना गरेको भनी एक पुरुषलाई सात वर्ष तथा उनकी पत्नीलाई तीन वर्षको काराबासको सँजाय तोकेका थियो ।
No comments:
Post a Comment