======यो माया भन्ने चिजै कस्तो कस्तो=======
=== ====न पाउनजेल कतिबेला पाऊ=========
===पाएपछि सस्तो माया भन्ने चिज नै यस्तो====
केटा :- “खाना खायौ ?”
केटी:- “खाएँ !”
केटा :- “के के खायौ ?”
केटी:- “अँ……भात, अनि तरकारी, अचार, अलिकति घ्यु पनि”
केटा :- “ओहो !! घ्यु पनि खा’को आज ?”
केटी:- “खाइदेको नि !! मोट्टाउनु परो नि अलिअलि !”
केटा :- “के को तरकारी खायौँ ?”
केटी:- “काउली अनि साग !”
केटा :- “मलाई त काउली कस्तो मिठो लाग्छ । साग चैँ रायोको मात्रै मनपर्छ। अरू चैँ खासै मनपर्दैन ।”
केटी:- “तोरीको साग पनि मनपर्दैन ?
”
केटा :- “ठिकै
लाग्छ !”
केटी:- “मलाई त एकदमै मिठो लाग्छ ।”
केटा :- “त्यसोभए आजदेखि मलाई पनि मिठो लाग्न थालो तोरीको साग ।”
(मायाले भरिएकोजस्तो हाँसौ दुईतिरैबाट ;कति छिटो इच्छा फेर्छ मायाले ।
केटी:- अनि सुन न । त्यो ****ले त मलाईअस्ति कस्तो जिस्कायो नि बाटोमा ।”
केटा :- “अब गयो त्यो । ** ! मेरी बुढि जिस्काउने ?”
केटी:- “भईहालो नि त । छोड्देऊ । कहिलेकाहिँ त्यस्तै भईहाल्छ नि । झगडा चैँ नगर है प्लीज !”
केटा :- '” ल ल । एकपटक चैँ सम्झाईहेर्छु नि त ।”
केटी:- “पर्दैन भन्छु झन् । अबदेखि कहिल्यै भन्दिनँ त्यसोभए यस्तो कुरा!”
केटा :- “लु त लु केहि भन्दिनँ । अब खुसी ?”
“अँ………….”
(कति छिट्टै आवेशमा ल्याइदिन्छ, कतिछिट्टै शान्ति पनि पारिदिन्छ मायाले )
केटी:- “मैले आज कुस्तो खालको ईयर रिङ् लगाको थिएँ भन त ।”
केटा :- “अँ………………खैरो.. झुम्कावाला ।”
केटी:- “जे पायो त्यहि । मेरो केहि कुरा विचार गर्दैनौ तिमी त !”
केटा :- “त्यसो होइन, हिजोको कि आजको हो झुक्किएछु नि त । के लाकि थियौ भन्देऊ न त ।”
केटी:- “त्यो कालो टप होइन ?”
केटा :- “ए….हो त !! कस्तो बिर्सेको मैले ।”
केटी:- “देखेऊ !! म भन्छु नि तिमी मेरोकेहि कुराको विचार गर्दैनौ भनेर ।”
केटा :- “सरी नि त…भईहालो नि !!! अबदेखि सबै कुरा विचार गर्छु नि…हस्?”
केटी:- “हस्…...म मख्ख परेँ ।”
(कति छिटो झगडा र कति छिटो मिलान पारिदिन्छ मायाले )
केटी:- “तिमीले मलाई बिर्सिन्छौ होला तर पछि….”
केटा :- “त्यस्तो गर्छु होलाजस्तो लाग्छ ?”
केटी:- “त्यो त लाग्दैन…त्यहि पनि नि**को जात् !”
केटा :- “अझै पनि शंका गर्छौ मलाई ?”
केटी:- “अलिअलि लागेर पो सोधेको त !”
केटा :- “अबदेखि पुरै हटाइदेऊ न त….म सधैँ हुन्छु नि तिम्रो लागि ।
केटी:- “हस् ! …..” (मिठ्ठो हाँसोको साथ )
(कति छिट्टै शंका अनि कति छिट्टै निवारण पनि खोजिदिन्छ मायाले )
टिँट् टिँट् गर्न थालो मोबाइल फोन ! अघि भर्खर हालेको सय रूपैयाँ सकिन लागेछ ।
साँच्चै यो माया भन्ने चिजै यस्तै हो….
बिहे गरेपछि ??????
No comments:
Post a Comment