सम्झना अर्याल "दर्पण" नलाङ ७ बैरेनी , धादिङ darpansamjhana@gmail.com |
लोभी आँखा त्यो ओठको डाहा थियो मलाई ।
तिम्लाई पाउन देवी देउता देउरालीलाइ भाके
तिमी मेरै हुन्छौ भन्ने थाहा थियो मलाई ।
प्यारो लाग्ने न्यानो न्यानो अंगालोको माया
सितल लाग्ने तिम्रो छाया जहाँ थियो मलाई ।
मेरो ओठको मुस्कान तिमी सारा जीवन तिमी
तिमी हुँदा मनमा पिर कहाँ थियो मलाई ।
बेरिएर अंगालोमा आँखा भित्र बस्दा
रमणिय स्वर्गिय ठाउँ त्यहाँ थियो मलाई ।।
No comments:
Post a Comment