काडै काडा को बाटो मा हिडेपनी,
तिमी हिड्ने बाटो मा फूल छरीदिउला,,
तिमीलाइ देखे पनी नदेखेझै गरीदिउल,
बरु तिम्रो बस्ती बाट अंतै सरीदिउला,,
गूलाब को फूल सरि फुलीरहनु सधै,
मै बरु ओइलीएर भुइमा झरीदिउला,,
उदाउनु तिमी पुर्निमाको जुन सरी,
मै औसी को रात ओझेल परिदिउला,,
भुलिदेउ हाम्रा अतीतका पल हरु लाइ,
म तिम्रै नाम जप्दै मरिदिउला....
म तिम्रै नाम जप्दै मरिदिउला.......

(लेखक : केशब भुर्तेल , हाल : दोहा कतार)

No comments:
Post a Comment