Pages

Home » » प्रितिका गीत गाउदीन म

प्रितिका गीत गाउदीन म


Bigyan's pictureजति लाउनु लाई सके, अव माया लाउदीन म
तिम्रा लागि सबै सामु, प्रितिका गीत गाउदीन म

खानु धोका खाए हेर, तिम्रो पछि पछि लाग्दा
झुठो तिम्रो मायाले यो, दुखेको मन छाउदीन म

मलाई छोडी बाटो तिम्ले, अर्कैतिर मोडे पनि
फेरी पनि मेरी भन्दै, तिम्रो छेउमा आउदीन म


सबै सामु मस्कि हिड्दै, मुखले ठिक्क पारेपनी
तिम्लाई आफ्नो बनाएर, फेरी दुखा पाउदीन म

स्वार्थीयो दुनियामा, तिमीलाई नी चिनी सकें
अब देखी तिम्रा लागि, देवी देउता धाउदीन म


विज्ञान लुईटेल अनमोल
भोजपुर ३ भोजपुर
हालः किर्तिपुर
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger