Pages

Home » » आउने सुर छ माघमा

आउने सुर छ माघमा


manoj anupam's pictureजन्ती टोली डोली लिइ आउने सुर छ माघमा,
बिधिपूर्वक मेरो जुठो ख्वाउने सुर छ माघमा,

विवाह को बाजा सारै मन पर्छ भन्थ्यौ,
अघी लगाइ नौमती बजाउने सुर छ माघमा,

फुल को माला लगाउदा कस्तो सुहाएको भन्थ्यौ,
तिम्रो हातको दुबो माला लाउने सुर छ माघमा,


आँखाबाट एकछिन छुट्दा कहिले देखौँ हुन्छ भन्थ्यौ,
अंगालो मै राख्न यतै ल्याउने सुर छ माघमा,

सधैँ मलाई यो भिड बाट टाढा लिइ जाउन भन्थ्यौ,
त्यसै गरी हनिमुन मनाउने सुर छ माघमा । ।
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger