
म के गरूँ, तिमी बेहोसीमा जिएर भुलौला
ह्जारौ हजार बिकल्प छन् तिम्रा अघि त
कि च्यातिएको मुटु,प्यालाले सिँएर भुलौला
ओठ हाँसे त के भो, मन त रोएकै छ साथी
बरु तस्विर मिलनको तिमी, लिएर भुलौला
हाँस्ने बाँच्ने बाचाहरू, खै पर पर उडिगए
सक्छौ तिमी त बाचा अन्तै, दिएर भुलौला
परिस्थितिका प्रहार गाह्रो छ खेप्न हेर मलाई
म तड्पिदै आधारातमा रुँदै, ब्युतिएर भुलौला
No comments:
Post a Comment