Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » व्यंग्य- जय झापड

व्यंग्य- जय झापड

Copy: साहित्यसंसार डट कम :


स्वम् वा अन्य कसैका गालामा नाडीदेखि मुन्तिर र नङदेखि मास्तिर सुल्टोपट्टिको हत्केलाको भागले कस्सेर बजाउनुलाई झापड भन्दछन् । ‘झापड’ मुक्का, घुस्सा, बक्सिङग, लात्ती आदिको समकक्षी ब्यावहार जनाउने गतिलो शब्द पनि हो । हात छोड्नु, हात चल्नु जस्ता वाक्यहरुले पनि झापडसँग निकटको नाता राख्छन् । चढ्काउनु, हान्नु, बजाउनु, ठोक्नु, गोद्नु, पड्काउनु आदि शब्दहरु झापडसँग ठ्क्कै मिल्नेगरि प्रयोग हुन्छन् । अर्थात् अंग्रेजी अक्षर ‘Q’ पछाडि ‘U’ लागेर जसरी शब्द बन्छन् त्यसरी नै झापड पछाडि माथि उल्लेखित शब्दहरु प्रयोग हुन्छन्/गरिन्छन् ।
झापडलाई अथ्र्याउने केही भनाइहरु पनि छन् । जस्तैः एक झापड खाएपछि तोरीको फूल देख्लास्, तिरिमिरि झ्याँई हुनेगरी झापड खालास्, एक झापडमा बाबुको विहे देख्लास्, एक झापडमा स्वर्ग पुर्‍याईदिउँला आदि । यि भनाइहरु भन्न जसले थालनी गरे पनि झापड हान्ने र झापड खानेहरुका लागि ‘ढुंगा खोज्दा देउता’ मिले जत्तिकै सार्थक छन् ।
नेपालको इतिहासमा झापडले सुनौलो अक्षरको स्थान पाएका कतिपय उदाहरणहरु जिउदा छन् । बिस्तारै नेपालीको संस्कार बन्दै गइरहेको परिप्रेक्षमा झापडले चितवनमा गोली चलाएका पारस शाह र काठमाण्डौंमा भिओआइपि चलाएका रुवेल चौधरीकै वा सोसरहको चर्चा अखवारका पानामा पाएको छ । जसरी विगतमा ‘अग्रगामी छलाङग', ‘निरन्तरताको क्रमभंग’, ‘पुरानो सत्ता’, ‘प्रतिगमनका पृष्ठपोषक’, ‘अराष्ट्रिय तत्व’ आदि शब्दले नेपालको राजनितिक बृत्तमा उच्च स्थान र अखबारका पानामा मान पाएका थिए, त्यसरी नै झापडले पनि सोहीसरहको मान पाएर सान कमाएको छ । यसउसले अहिलेको चिसो मौसममा तातो सुर्को भएर आएको यो झापडलाई भेट्न पापड वा अन्य कुनै पनि शब्दलाई हम्मेहम्मे परेको छ ।
चित्त नबुझ्दा, चित्त दुख्दा, रिस उठ्दा, निहु खोज्दा, जोरी खोज्दा, ‘मै हु’ भन्दा आदि कारणले चरमविन्दु छोएपछि कसैले कसैलाई झापड हान्ने गरेको देखिन्छ । कुरा गर्दै गर्दा वा कुरा सुन्दै बस्दा भएका कुरा वा गरिएका ब्याबहार देखेर/सुनेर रिसको पारोले सगरमाथा छोएपछि झापड हान्न मन लाग्ने रहेछ ।
झापडको प्रसंगले एकपटक भारतको नागाल्याण्ड राज्यको दयापुर भन्ने ठाउको स्कुलमा २ कक्षामा पढ्दाको घटना ताजा भएर आयो । सानो लात्ते भकुण्डो नदिएको झोकमा सहपाठी मित्रको नाकबाट रगत झर्नेगरी बजाएकाले कछाडी हेड मास्टरले बेतको लौरोले मेरो सेखी झारेका थिए । त्यसपछि आजका मितिसम्म म हिंसा विरोधी शान्तिकामी नागरिक भएको छु । त्यो झापडले मलाई झापडको विमुख बनायो तर नेपालको राजनितिक बृत्तमा झापडले धेरैलाई हिरो बनाएको छ ।
त्यसो त झापड खानेहरु ठूलाठूला मान्छे भएका छन् । त्यसैको अघिल्लो उदाहरण हुन् नेपाली कांग्रेसका एकजना नेता रामचन्द्र पौडेल । उनका चिल्ला गालामा कुनै बेला गोल्छे सार्कीले झापड हानेका थिए । त्यही झापडका परम्कृपाले उनी उपप्रधानमन्त्रीसम्म भएका थिए । भर्खरै सोह्रौपटकको प्रधानमन्त्रीको लज्जाजनक हारको चटक पनि उनले नेपाली रंगमञ्चमा देखाएका थिए । यो देखेपछि आफुले झापड नखाएकाले कुनै ठूलो भाग भेट्न नसकेको गुनासो केहीमा रहेको छैन भन्ने आधार नभएको हैन । झापड खाने र झापड हान्नेहरु रातारात चर्चाको चुलीमा उक्लिएकाले पनि धेरैलाई झापड नखाएको वा नहानेकोमा खेद प्रकट गर्दै हिडेको देखिएकै हो । रातो अबिर र थुङगे फुलको मालाले सम्मानित हुने र अखबारका पानामा मानित हुने झापडवाजहरुको कृति देखेर जल्नेहरु पनि प्रसस्त छन् ।
त्यस्तै ¤यासमिसे मन्त्री करिमा वेगमले मन्त्रीमण्डलकै गरिमा घट्नेगरि एक जना सिडियोका गालामा चड्काएकाले नेपालका टेलिभिजनमा भिडियो हेर्न पाइएकै हो । थोत्रो गाडी पठाएकाले मन्त्रीले रिष पोखेको खबर सत्य भए पनि उनले भने सिडियोले हात समाएर साडी उचाल्न खोजेको आरोप लगाएकी थिइन । त्यो सुनेर नेपाली जनता खित्का छोडेर हाँसेका थिए । मन्त्रीले ‘पावर’ कसरी देखाउछन् र निर्दोष जनताका ढाड कसरी सेकाउछन् भन्ने कुराको गतिलो जवाफ करिमाले दिएकी थिइन् ।
सुनसरीको इटहरीमा एउटा आमसभामा एक जना बाम पार्टीकै कार्यकर्ता किसान देवीप्रसाद रेग्मीले झलनाथ खनालको रुवाजस्तो गालामा झापड हानेकाले उनी प्रधानमन्त्री भएका छन् । झापड नखाएका भए उनको प्रम हुने सम्भावना त के झिनु आशसम्म पनि नहुदो हो । झापडमा कति शक्ति छ भन्ने कुराको प्रमाण अहिलेका प्रमले बाहेक कस्ले दिन सक्छ ? झापडको यस्तो चमत्कार देखेर र सुनेर अन्य नेताहरु सुनसरी नजालान् भनेर ठोकुवा गर्ने कोही छ भने त्यो ब्यक्ति ‘प्रतिगामी’ मात्र हो ।
त्यस्तै काठमाण्डौको एउटा भेलामा एमालेकै अर्का नेता खगराज अधिकारीले गालामा दुई झापड खाएका थिए । तर नाम बद्नाम हुने डरले झापड हान्नेको नाम सार्वजनिक गर्न तिनका कार्यकर्ताले दिएनन् भन्ने भनाइ आएको छ । अब हेर्दै गनुहोस्, ति नेताले पनि कुनै ठूलो भाग नपालान् भन्न सकिने अवस्था छैन । आगामी मन्त्रीमण्डलमा उनले कुनै ‘सुत्केरी मन्त्री’ हुने निर्विरोध पक्कापक्की छ ।
इराकको एउटा पत्रकार सम्मेलनमा तात्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसलाई जुत्ता प्रकार गर्ने इराकी पत्रकार मुन्तजार अल जैदीले यो संस्कारको विश्वब्यापी थालनी गरेका थिए । त्यसैको पछिल्लो संस्करण नेपालमा देखिएको झापड हो ।
जे होस् झापडले रेग्मीलाई हिरो र खनाललाई प्रम बनाएकाले यो झापड खाने मोह धेरैलाई पलाएको सा“चो हो । रेगिस्तानमा बसेर धन कमाउन नसकेकाले मलाई पनि झापड खाने मोह पलाएको छ । तर एउटा कुरो स्पष्ट हो कि नेपालमा खाएको झापडले नै महान् बनाउने देखिएकाले म चाही गाला देखाउदै सुनसरीतिर जान लागेको । तपाई“लाई पनि ठूलो मान्छे बन्नु छ भने छिटो गर्नुहोस् । देवीप्रसाद रेग्मीसँग झापड सिमित छ रे । झापड सकियो भने तपाई“स“ग गुनासो बाहेक केही रहने छैन । साथै तपाई यो जूनीभरि केही हुनुहुने छैन । जय झापड !!

-चर्चित ढुंगेल
हाल, दोहा, कतार ।
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger