Pages

Home » » विश्वकी सबैभन्दा अग्ली मोडेलको जोडी उनीभन्दा झण्डै दोब्बर जेठा

विश्वकी सबैभन्दा अग्ली मोडेलको जोडी उनीभन्दा झण्डै दोब्बर जेठा

विश्वकी सबैभन्दा अग्ली मोडेलको रुपमा किर्तिमान बनाएकी अमेरिकाकी अमेजन इभले जोडी भेटाएकी छिन् । क्यालिफोर्नियाकी बासिन्दा ३४ वर्षकी इभले जोडी त फेला पारिन्, तर आफुजत्तिकै अग्लो भने फेला पार्न सकिनन् । उनको मनको राजा उनीभन्दा ४ इन्च होँचा छन् । अझ अर्को निराशा लाग्दो कुरा त के भने उनका प्रेमी उनीभन्दा झण्डै दोब्बर जेठा छन् । उनका प्रेमी ६० वर्ष पुगिसकेका छन् ।
m1
६ फिट ८ इन्च अग्ली इभ अब उनको प्रेमीसँग रोमान्समा मस्त हुन थालिसकेकी छिन् । उनका प्रेमीको नाम डेनिस हारग्रोभ हो । उनी लस एन्जल्सका बासिन्दा हुन् र ६ फिट ४ इन्च अग्ला छन् । जब यी दुइ टक्लु प्रेमी प्रेमिका घुमफिरका लागि निस्कन्छन् तब बाटो हिड्नेहरु तिनछक पर्छन् अनि टाउको आकाश तिर फर्काएर ती अग्ला मनुष्य जोडीलाई नियाल्छन् ।
Untitled-1
आफुभन्दा अग्ली तथा तरुनी प्रेमिका पाएकोमा डेनिस मख्ख छन् । आफ्ना साथीहरु आफ्नी प्रेमिका देखेर इष्र्याले जल्ने गरेको उनको दाबी छ । यी दुइको मिलनको कहानी पनि रोचक छ । डेनिस जब इभको व्यक्तिगत लेखापालको रुपमा जागिर खान पुगे तब इभको मन यी अग्ला बुढाप्रति आकषिर्त भयो । नहोस् पनि किन ? उमेर छिप्पिँदै गएपनि आफुसँग उचाइ मिल्ने ठिटा पाउनै सकिएको थिएन र भविष्यमा पनि पाइने सम्भावना कम थियो । त्यसैले आफ्नो हातमा आएको अग्लो बुढो भएपनि रोजौँ भन्ने आकांक्षा उनमा पलायो । डेनिसले प|mेन्च बोलेको सुनेर आफु ऊ प्रति आकषिर्त भएको र पिरती गाँसेको इभको भनाइ छ । अहिले यो जोडी स्पेनको बार्सिलोना र प|mान्सको पेरिसमा हनिमुन मनाइरहेको छ ।
WORLD'S TALLEST MODEL FINDS LOVE
- See more at: http://www.onlinekhabar.com/2013/09/120941/#sthash.r4DjsqIV.dpuf
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger