विश्वमा अनेक अनेक किसिमका सुपर लक्जरी तथा सुपर स्पोर्ट कार निर्माता कम्पनी जर्मनीको ल्याम्प बोगिर्नीले हालै आफ्नो स्थापनाको ५० बर्ष पूरा गरेको उपलक्ष्यमा एउटा विचित्रको कार बजारमा ल्याएको छ, जसको मूल्य ३३ लाख यूरो(रु.३५ करोड) रहेको छ। वेनेडो रोडस्टर नामको यो कार ५०० किलोग्राम सुनबाट बनाइएको छ।
सुनबाट निर्मित यस कारको डिजाइन जर्मनका इन्जिनियर रोबर्ट गल्पेनले गरेका हुन्। यो कार निर्माणमा कार्बन फाइबरको प्रयोग गरिएको छ, जसमा सुनको जलप लगाइएको छ। बाँकी केही भागका लागि भने २५ किलोग्राम अन्य धातु प्रयोग गरिएको छ। यसका साथसाथै यो संसारको सबैभन्दा महंगो कारमात्र नभई एकदमै सुरक्षित कार रहेको दावी पनि गरिएको छ। किनकि भने यो सुनको कारको ढोकाहरू बुलेटप्रुफ रहेका छन् साथै लक्जरी लोगो पनि छापिएको छ। यस सुपरकारमा जेएल–१२ इन्जिन प्रयोग गरिएको छ जसले ७०० बीएचपीको शक्ति प्रदान गर्दछ। महंगोका साथै अन्य कारभन्दा बेग्लै विशेषता रहेको यस कारलाई गिनिज बुकको रेकर्डमा समेत राखिएको छ।
source: http://www.weeklynepal.com
 

 


 
No comments:
Post a Comment