Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » संसारकै नौलो समाचार - बिवाहाको दाइजो मागे दस लाख फेसबुकके लाइक

संसारकै नौलो समाचार - बिवाहाको दाइजो मागे दस लाख फेसबुकके लाइक

विवाहमा केटा पक्षले दाइजोका रुपमा लाखौ रुपैयाँ, मोटर, बंगला मागेको र केटी पक्षले केटा जागिरे हुनु पर्ने जस्ता माग राखेको त सुन्दै आएको हो । तर, यमनमा एक बाबुले आफ्नो छोरीसँग विवाहका लागि फेसबुक लाइक मागेका छन् । त्यो पनि चानचुन हैन, १० लाखको संख्यामा । युवतीका बाबुले १० लाख फेसबुक लाइक जुटाउनेलाई छोरी दिने घोषणा गरेका छन् । यमन पारम्परिक समाज भएको देश हो । यो शर्तले त्यहाँका मानिस छक्क परेका छन् । facebook युवतीकी बाबु सलेम अयाश एक साहित्यकार हुन् । ताइज शहरमा बस्ने सलेमले हुनेवाला ज्वाईँले १० लाख फेसबुक लाइक जुटाउनु पर्ने शर्त राखेका हुन् । त्यो पनि आफ्नो वा हुनेवाला श्रीमतीको नाममा नभई केटीको बाबु सलेम अयाशको फेसबुक पेजमा ।

facebook
 यमनमा ढाई करोड इन्टरनेट उपभोक्ता भएको अनुमान छ । यस्तोमा १० लाख फेसबुक लाइक जुटाउन त्यति सजिलो छैन । यमनको अल-अथ्याम अखबारका पत्रकार बशराहीलले यस्तो सर्त पहिलोपटक सुनेको बताए । इन्टरनेटमा थुप्रै ब्लगरहरुले सलेमको पेज लाइक गर्न अपील समेत गरेका छन् । सलेम अयाशको फेसबुक पेज बनेको केही दिनमा नै ३० हजारभन्दा बढी लाइक जुटिसकेको छ । फेसबुक लाइक मागेकोबारे सोधिएको प्रश्नमा सलेमले भनेका छन्-’यमनमा दाइजोको रुपमा रकम दिने हैसियत कसैसँग छैन ।’ उनले आफ्नो हुनेवाला ज्वाईँले फेसबुक लाइक जुटाउने प्रयास गरेको हेर्न चाहेको तर, यसमा अड्डी नलिने बताएका छन् । उनले भनेका छन्-’यदि मैले उनले कडा मेहनत गरेको पाएँ भने बैबाहिक जीन्दगी खुसी देख्न म आफ्नो अडानमा लचिलो हुन तयार छु ।’ पत्रकार बशराहीलका अनुसार यमनका नौजवानहरु विवाहका लागि केटी पक्षलाई रकम दिन सक्ने अवस्थामा छैनन् । जसका कारण धेरैको विवाह हुन सकेको छैन । त्यहाँको परम्परा अनुसार केटीको बाबुले दाइजोको रुपमा केटा पक्षले दिनु पर्ने रकम तय गर्नेछन् । विवाहमा धेरै धनराशी खर्च गर्नु पर्ने भएपछि पछिल्लो दिनमा सामूहिक विवाहको प्रचलन समेत सुरु भएको छ ।
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger