Pages

Home » » नेपाली गजल : आँशुको मुल्य तोकिएको छैन सानु

नेपाली गजल : आँशुको मुल्य तोकिएको छैन सानु

आँशुको मुल्य तोकिएको छैन सानु ।
बग्दैछ भेल रोकिएको छैन सानु ।

चर्किन्छ मुटु केवल तिम्रो यादमा
बाहिर कतै ठोकिएको छैन सानु ।

गरिब ठानी तर्कियौ ठिकै म सँग
रिणको भारी बोकिएको छैन सानु ।

साईनो तोडी गए पनी तिमी यहाँ
कसैको चर्चा खोकिएको छैन सानु ।

हरेक पल बल्झिन्छ पुरानै घाउ
देखिने गरी टोकिएको छैन सानु ।


राज कुमार सिलवाल, धादिङ
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger