Pages

Home » » नेपाली गजल : हतियार बन्दुक उठायो क्रान्तिको नाममा

नेपाली गजल : हतियार बन्दुक उठायो क्रान्तिको नाममा

गजल

उस्ले आफ्नै घर जलायो क्रान्तिको नाममा ।
र हतियार बन्दुक उठायो क्रान्तिको नाममा ॥

सारा देशमा नै अब आगो लगाईदिन्छु भन्दै ।
ठाउँठाउँमा बम पड्कायो क्रान्तिको नाममा ॥

सोझा साझा ति निर्दोष जनताहरूलाई मारेर ।
हजारौलाई बिदुवा गरायो क्रान्तिको नाममा ॥

हिडेको थियो उ नयाँ नेपाल बनाउँछु भनेर ।
आफुँलाई सहिद बनायो क्रान्तिको नाममा ॥

काहाँ गयो आज तिम्रो नयाँ नेपालको नारा ।
आज देशले सारा गुमायो क्रान्तिको नाममा ॥

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
१७ पौष २०७०
 — 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger