Pages

Home » » नेपाली गजल : जब देश मा फेरी क्रान्ति आउने छ

नेपाली गजल : जब देश मा फेरी क्रान्ति आउने छ

गजल

जब देश मा फेरी क्रान्ति आउने छ ।
नेपाल ले पनि नया मुहार पाउने छ ।

नछोडी बालुवाटार सिंहदरबार पनि ।
जनताले सबै तिर आगो लगाउने छ ।

देशद्रोही अनि भष्टचारीहरूलाई नि ।
कानूनको कठ-करामा उभ्याउने छ ।

जब देशमा जनताले शासन गर्नेछन ।
शान्ति र विकाशको लहर छाउने छ ।

हेर्दै जाउ एकदिन बिश्वनै चकित पारेर ।
नेपाली झण्डा सधैभरी फरफराउने छ ।

©अबिरल सागर सौगात
सालझण्डी-१ रूपन्देही
११ पौष २०७०
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger