Pages

Home » » नेपाली गजल : पर्ख म एउटा यस्तो गजल लिएर आउँछु

नेपाली गजल : पर्ख म एउटा यस्तो गजल लिएर आउँछु

पर्ख म एउटा यस्तो गजल लिएर आउँछु
फाटेको मन गजल बाटै म सिएर आउँछु

धेरै बेर भो गएको अझै आएन न-भन्नु
तल्तल लाग्यो अलिकती मदिरा पिएर आउँछु

सधैँ उस्को यादमा दुख्ने यो मुटु चाहिँदैन
मुटु पनि उसैलाई म उपहार दिएर आउँछु

मुटु उस्लाई याद उस्लाई सबै उस्लाई दिन्छु 
अनी म मेरो आफ्नै जीवन जिएर आउँछु

पर्ख म एउटा यस्तो गजल लिएर आउँछु
फाटेको मन गजल बाटै म सिएर आउँछु

By: - बिमलराज ढकाल {रास्ट्रप्रेमी}
 ~ Bimal Raj
  
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger