Pages

Home » » नेपाली गजल : कहिल्यै नमेटिने दाग छ , यो जीवनमा

नेपाली गजल : कहिल्यै नमेटिने दाग छ , यो जीवनमा

कहिल्यै नमेटिने दाग छ , यो जीवनमा
आफूले भोग्नु पर्ने भाग छ , यो जीवनमा

आफू त भरिया हुँ , कुल्ली जीवनयापन
सँधैझैं खोलेसँग साग छ , यो जीवनमा

आफूमा केही लोभ छैन , आफै कर्म गर्नेछु
जेहोस् आफूभित्र त्याग छ , यो जीवनमा

मेरो पसिनाको फल , धेरै ज्याला भन्दा
सभ्यता बोलीको माग छ , यो जीवनमा

अशोभनीय निच , मान्छेमा भन्दा बढी
पशुसँग अनुराग छ , यो जीवनमा ।

– © मानन्धर अभागी


Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger