Pages

Home » » नेपाली गजल : स्वार्थी संसार बाट लुटिएको म मान्छे !!

नेपाली गजल : स्वार्थी संसार बाट लुटिएको म मान्छे !!


@Pabin Dahal
...कठैबरा म !!!!.....

नमागेस है म संग केहि सक्ने छैन दिन ,
स्वार्थी संसार बाट लुटिएको म मान्छे !!

नसोच्नु है मलाइ सामु पाउनेछु भनि ,
आफ्नै जिन्दगी बाट छुटिएको म मान्छे !!

प्यासको प्याला नथाप्नु है मलाइ हेरी हेरी, 
खडेरीको डढेलोले सुकियेको म मान्छे !!

सर लुकाउने छानो पनि हुन सकिन,
बैसक को असिनाले चूटिएको म मान्छे !!

मेरो बाटो हेरी हेरी नरसाऊनु है आँखा,
आँसु भरि बिच सागरमा छुटिएको म मान्छे !!

सितलताको न्यानोपन को नगरेस है आसा,
बर्सौ देखी तातो रापमा भुटिएको म मान्छे !!

न त भए दर्पणछाँया आफै भित्र हेर्न लाइ ,
झर्याम झुरुम सिसा जस्तै टुटिएको म मान्छे !!

न भन्नु है निर्दयी र निष्ठुरी को जात ,
आफै बाट मुटु अन्तै छुटिएको म मान्छे !!

बनाउन ट खोजेकै हो सपनाको महल,
आज आफ्नै कभर खन्न जुटिएको म मान्छे !!
कठैबरि कर्म ,भाग्य फुटिएको म मान्छे!!!!
........कठै बरा म मान्छे ..................
@pabin dahal
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger