
आफु त बाउलाई माया गरिन्छ
पधेरिमा आमासंगै पानी भरिन्छ
बुढा भए बाबुआमा सघाउन भनी
भेलबाढी भएपनि नदि तरिन्छ
बाउ देख्थे सपना म योद्धा भाको
सपना त पुरा गर्छु मरे मरिन्छ
काम गर बाबु भन्नु हुन्थ्यो आमा
काम गरे हात र खुट्टा दरिन्छ
बाचा गरें आमा म बिग्रिन्न कैले
काम गर्न आज नै बेसी झरिन्छ
-प्रकाश अर्याल “चुकुप्रकाश”
हाल : भारतमा अध्यनरत ...
No comments:
Post a Comment