Pages

Home » » नेपाली गजल : तिनै हुन् आमा

नेपाली गजल : तिनै हुन् आमा

पसिना प्यासमा पिएको देखे, चिन्नु तिनै हुन् आमा
फाटेको फरिया सिएको देखे, चिन्नु तिनै हुन् आमा ।। १

छोडेन छोराको पिरले , छोडेन छोरीको शुर्ताले
दु:खमा जिन्दगी जिएको देखे, चिन्नु तिनै हुन् आमा ।।२

छोडेन पिठ्युँमा डोकोले, थाप्लोमा कहिलै नाम्लोले
हातमा हँसिया लिएको देखे, चिन्नु तिनै हुन् आमा ।।३

आफ्नो त वास्तै गर्दिनन्, सबैको भलो चिताउँछिन् 
खुलेर आशिष दिएको देखे, चिन्नु तिनै हुन् आमा ।।४

समय निर्दयी बनी दियो धार खेपिन् मार खेपिन्
अचानो झैँ गरी खिएको देखे , चिन्नु तिनै हुन् आमा ।। ५

By~ Bimal Raj
 
Share this article :

1 comment:

Unknown said...

Wow ...loved it 👌🙏❤️

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger