Pages

Home » » नेपाली गजल : ढलेको वर थियो

नेपाली गजल : ढलेको वर थियो

एउटा छुट्टै वियोगान्त गजल
( कसैको वास्तविक जीवन सँग मेल खान गएमा संयोग मात्र हुनेछ )

*********** गजल ***********
ढलेको वर थियो , वर समिपै घर थियो
ढलेकै भए पनि , घरलाई वरकै भर थियो

रच्दै छु म आज एउटा , यस्तो गजल जहाँ
दुई प्रेमी एक अर्कालाई , ज्यादै माया गर थियो

तन एउटै- मन एउटै , सबै-सबै एउटै तर
दुई जनामा नमिलेको , केवल एउटै थर थियो

ढुङ्गालाई भर माटो , माटोलाई भर ढुङ्गा
त्यस्तो नाता टुट्ने हो कि , भन्ने साह्रै डर थियो

यस्तो अटुट माया बस्यो , एकै पल छुट्नु पर्दा
वर्षा जस्तै आँखा बाट , आशु भेल झर थियो

वाध्य पारे प्राण त्याग्न , थाहै थियो दुनियाँलाई
छुट्टीएर जिउनु पर्दा , दुवै प्रेमी मर थियो

समयको दोष हो कि ? दुई प्रेमी ? दुनियाँको ?
दुई प्रेमिलाई प्राण त्याग्न , दुनियाँ कै कर थियो

By ~ Bimal Raj
 
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger