Pages

Home » » नेपाली कबिता : स्वर्ग हाम्रो

नेपाली कबिता : स्वर्ग हाम्रो

कति हुनु छ विरानो ? दिक्क लागेर आयो l
रहर जति सवै नै,भित्र बाटै हरायो l
भत भत भत पोल्दै,दुख्न लागेछ छाती l
सहन सकिन पीडा,आँसु बर्षिन्छ राती ll १ ll

नियति अझ कठोरै,रैछ यो आज जानेँ l
जनपद संग टाढा,बस्नु दुर्भाग्य ठानेँ l
झलमल छ विदेशै,तै नि लाग्यो अँधेरो l
बरु सकस सहौंला,देश आफ्नै छ प्यारो ll २ ll

अति सरस छ भाषा,भेष सारा रिवाज l
सब जन सित मायाँ,स्वच्छ ऊँचो छ भाव l
सकल जन मिलेमा,बन्छ नेपाल राम्रो l
जनम थल नबिर्सौं,त्यै त हो स्वर्ग हाम्रो ll ३ ll

छन्द:-मालिनी
८ अक्षरमा विश्राम
(जनपद =देश)

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger