Pages

Home » , » गजलको बर्गीकरण

गजलको बर्गीकरण

गजललाई दुई किसिममा वर्गीकरण गरिएको पाइन्छ।

  • विषयवस्तुको आधारमा
  • रदीफको आधारमा

विषयवस्तुको आधारमा:-

 विषयवस्तुको आधारमा लेखिने गजल दुई किसिमका हुन्छन्।
मुसलसल गजल:-
 जुन गजलका सबै शेरहरू एउटै विषयवस्तुमा लेखिएका हुन्छन्, त्यस्तो गजललाई              मुसलसल गजल भनिन्छ।
गैरमुसलसल गजल:-
जुन गजलका शेरहरू फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन् भने त्यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ।
रदीफको आधारमा:- यस आधारमा पनि गजल दुई किसिमका हुन्छन्।
मुरद्दफ गजल :
जुन गजलमा काफिया र रदीफ दुवैको प्रयोग भएको हुन्छ त्यस्तो गजलाई मुरद्दफ गजल भनिन्छ।
गैरमुरद्दफ गजल :
 जुन गजलमा रदीफको प्रयोग भएको हुँदैन अर्थात् रदीफविहीन गजललाई गैरमुरद्दफ गजल भनिन्छ।

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger