
मुटु काप्छ सत्रुको त्यो भँगालो मा पर्यौ भन्दै
झस्कन्छु म सैतानको अँगालो मा पर्यौ भन्दै
तन्द्रामा नै हुन्छु सधै , नानाथरि सोचिरहन्छु
कैले सोच्छु दुस्मनको सँगालो मा पर्यौ भन्दै
मातृभूमि छोडी गयौ , मिठो फल खोज्दै तिमी
अति धेरै आत्तिन्छु म दँगालो मा पर्यौ भन्दै
-प्रकाश अर्याल "चुकुप्रकाश"
No comments:
Post a Comment