Pages

Home » , , » यथार्थ कथा : मोटरसाइकल संग सुहागरात

यथार्थ कथा : मोटरसाइकल संग सुहागरात

केहि समय अगाडिको कुरा हो । म काम बिशेषले एकान्तकुना बाट नयाँ बानेश्वर जानु पर्ने थियो । एकान्तकुना चोक बाट नेपाल यातायात चढे र पछाडिको सिटमा गएर बसे । अगाडिको सिटमा दुई युवति नगरकोटमा गएको डेटिङ्गको बयान गर्दै थिए । सायद उनि हरु ११-१२ मा पढ्ने बिध्यार्थी थिए ।
त्यतिकैमा एउटिले भनि नगरकोट त बाइकमा जादा रमाइृलो हुन्छ ।
अर्किले निन्याउरो अनुहार लगाउदै भनि हुन्थ्यो नि यार तर उ संग बाईक नै छैन ।
फेरी एउटीले प्याच्च भनि "जाबो एउटा बाईक पनि न हु ने संग के लभ गरेकि त" । उनि हरुको यो कुरा सुनेर मलाई .....

(१) हासो लाग्यो
(२) चिन्ता लाग्यो र
(३) रिस पनि उठ्यो ।

(१) हासो यस अर्थमा कि यो बैस भन्ने चिज कस्तो हुदो रहेछ । होस् यो बैस र हासोको कुरा थप्दिन ।
(२) मा उनि हरुको, यो देशको र यूवा पुस्ताको भबिस्य देखेर चिन्ता लाग्यो ।
(३) मा यस अर्थले रिस उठ्यो कि उनि हरु
को कुराले करिब ५-६ बर्ष अगाडिको घाउ बिझायो ।

हुनत त्यो बेलामा पनि म आफ्नै कमाईले राम्रो मोटरसाईकल किनेर चढ्न सक्थे । त्यसमा मेरो चासो नै भएन त मेरो के दोष । झन पुरानो कुरा सम्झियो झन दिमाख खल्बलिएर आउछ । त्यसैले यो कुरालाई यहि बिट मारें ।
त्यो रात कोठामा आएर राम्रो संग निदाउन सकिन मनमा अनेक तर्कना खेलि रहयो र आफ्नो पुरै व्यक्तित्व नै बदल्ने बिचार गरे । भोलिनै गएर सो-रुम बाट मोटर साईकल किन्छु र थप आडम्वरी का सामाग्री पनि किन्छु । नया बाईक र मेरो फेरीएको नयाँ खोल देखे पछि त अचेलका मै हुँ भन्ने युवति पनि पक्का म संग आर्कषित हुनेछन् । त्यस मध्ये राम्री एउटि संग बिहे गर्छु । तर सुहाग रातको दिन उस्लाई म संग होईन त्यही बाईक संग छिंडीमा सुताउछु । किन भने उनि मलाई होईन मेरो बाईकलाइ देखेर नै म संग आर्कषित भएकी हेो ।
फेरी एक छिन पछि cool भएर सोचे ।
अरु मूर्ख भए भन्दैमा म पनि मूर्ख हुनु हुदैन ।
म जे छु आफैमा ठिक छु ।
यतिकैमा निदाएछु ।
भोलि बिहान केहि टेन्सन नै भएन !!
बिन्दास काफ्ले ज्यू ...



Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger