
दिनदिनै अनेक थरी समाचार बनाइन्छ
भ्रमित् पार्ने कटपुतली अवतार बनाइन्छ
एन्टीभाइरस बिक्रि हुन्छ भाइरस सल्काएर
औषधिको ब्यापार गर्न बिमार बनाइन्छ
निस्वार्थमा सेवा गर्ने अपराधी बनेकाछन्
राजनैतिक लुटेरालाइ अपरम्पार बनाइन्छ
हप्तामा आठ दिन हुन्छ सोझा सिधालाई
बिनाकामको खडेरीलाइ असार बनाइन्छ
कुर्ची माथि बसेपछि सधै चाड सधै छुट्टि
उनीहरुकै मनामर्जिमा शनिवार बनाइन्छ
प्रकाश अर्याल "चुकुप्रकाश"
No comments:
Post a Comment