Pages

Home » » नेपाली गज़ल : सारा खुसी चयन मेरा , मेटाउने मान्छे तिमी (सर्जक : अमित खत्री)

नेपाली गज़ल : सारा खुसी चयन मेरा , मेटाउने मान्छे तिमी (सर्जक : अमित खत्री)



सारा खुसी चयन मेरा , मेटाउने मान्छे तिमी ।
आगो लगाई यो मनमा , रमाउने मान्छे तिमी ।।


मिले चयन तिमीलाई , लुटे पनि सुख सान्ति ।
कठपुत्लि जस्तै बनाई , नचाउने मान्छे तिमी ।।

दिए तिमीलाई मायाका , अनेकौ उपहार हरू ।
उपहार तोडि नदिमा , बगाउने मान्छे तिमी ।।

उतारी मायाको नकाब , धोकाले भरीएको त्यो ।
पिडै पिडाको सागरमा , डुबाउने मान्छे तिमी ।।

गरे बिश्वाश तिम्रो मेले , मेरै हुन्छौ जुनी - जुनी ।
बिश्वाश घातको रीती , चलाउने मान्छे तिमी ।।

अमित खत्री अर्घा- 3 ओडारपानी
हाल ईण्डिया

Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger