Pages

Home » » नेपाली गज़ल : चोरलाई चौतारोमा ,साधु शुली चढाएर ( सर्जक :जे. सागर)

नेपाली गज़ल : चोरलाई चौतारोमा ,साधु शुली चढाएर ( सर्जक :जे. सागर)

जे. सागर
चोरलाई चौतारोमा ,साधु शुली चढाएर !
नयाँ नेपाल बनाईदैछ यस्तै नजिर बसाएर |

कात्रो पनि हिच्किचाउला हजुरको सरम ढाक्न !
किन हिंड्या माननीय दौरा सुरुवाल लगाएर ?


मैले पनि 'बा' हुनुको जिम्मेवारी पूरा गरें !
छोरालाई शिरमा ऋण,हातमा पासपोर्ट थमाएर |

'हजुरलाई हर् धड्कनमा सम्झिरा'छु' भन्छिन प्रिया,
पैसा हाता पर्या दिन छोटो सन्देश पठाएर |

पढ छोरी भन्छु आफू, अंशतिरै आँखा लाउँछे,
उपबुज्रुक आमा'चैंले नारी शिक्षा रटाएर |

जीवनरुपी भुत्भुतेमा सुख नामको ढुङ्गो पोली,
पाकेपछि खालास् भनि राख्या'छु मन् फकाएर |

मोती टिप्न 'सागर' भित्रै डुब्नुपर्छ महोदय ..
भेटिदैन बाग्मतीको बगरमा कराएर |

जे.सागर
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger