Pages

Home » » मुक्तक दोहोरि तेस्रो शृंखला - पाँचौ अंश

मुक्तक दोहोरि तेस्रो शृंखला - पाँचौ अंश

Rashmi Rodan 
आफु भन्दा ठुलाहरुलाई मान्न पर्छ बाबै।
बाउ बाजेको पुर्ख्यौली सान धान्न पर्छ बाबै।
मलाई तिमी तिमीलाई म यत्ती भर का पुग्छर?

बाउ आमाको मनले खाकी छान्न पर्छ बाबै।
(रोदन)

.................................................................................

Pa Chuks 
 Rashmi Rodan
आमा मलाई मुटु ठान्छिन मैले तिम्लाई ठान्छु
आफ्नो मुटु गुमाइ गुमाई किन पुर्खा मान्छु ?

सिधा कुरा तिमि बिना बाँच्न पनि सक्दिन म
माने मान्छन नमाने भगाएर तिमीलाई लान्छु
-chuku
 

...............................................................................

Rashmi Rodan 

तिमीले पनि माया माया गर्छौ मैले पनि गर्छु।
खै के खै के म त चुकु दोधारमा पो पर्छु।।
तिमीलाई हेरी झ्याप्पै आटौं समाज तर्केलाकी?

भईगो बरु गाउ नै छोडि अन्त कतै सर्छु।
(रोदन)
 

...........................................................................

Pa Chuks 
 Rashmi Rodan .. feri
मैले पनि खोज्या त्यै हो कुराले मेल खायो
नसुन्ने ल ! समाजमा कसले के गित गायो

एक्लो हुन्छौ हामि त्यहाँ तर माया पाउछौ
साथि भन्छन् चुकु ले त माया को घर छायो
-चुकु
 

................................................................................

Rashmi Rodan

 हुन्छ चुकु फेरी धोका दिन पाउने छैन।
तिमी नै हौ देउता मेरो मन्दिर धाउने छैन।
आशु हासो हर घडीमा तिमिले साथ दिए।

दु:ख पाउदा माइती घरमा रुन आउने छैन।
(रोदन)

 .................................................................................

Pa Chuks 

Rashmi Rodan ji
मैले पनि तिम्लाई आफ्नै मान्न पाउनु पर्छ
माया गरि पाट्ट पुट्ट हान्न पाउन पर्छ

कैले कैले रिसै रिसले खटन पनि लाउला
त्यो मनको भित्रि चाह जान्न पाउनु पर्छ
-चुकु
 
 

.......................................................................................

Rashmi Rodan 

 तिमीले कुटे शहन्छु म हात फर्काउन नपरोस है।
ज्वाँईले पिटे आमा भन्दै कुरा लाउन नपरोस है।
बुढा बुढीको झगडा त परालको आगो भन्छन्।।

पारपाचुके पत्र बोकी चौकी धाउन नपरोस है।।
(रोदन)

....................................................................................

Pa Chuks 

Rashmi Rodan जी लाइ यो ल ...

घर सल्लाह खास्याक्खुसुक माइतीलाई नभन्नु नि

कैले काहिको ठट्याक्ठुटुक माइतीलाई नभन्नु नि
छिन छिनमै तानातान त कैले चप्पल् हानाहान
हामि बिचको कच्याक्कुचुक माइतीलाई नभन्नु नि
-चुकु

................................................................................................ 




Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger