क्रमस :
Gaurav Duwadee
पुर्णिामा जिको तर्फबाट केटाहरूका लागि
माया गाँसे अनि पछि टाढा हुदारैछन् ।।
छि केटाहरु त कति छाडा हुदा रैछन् ।। १ ।।
केटी देख्नै हुन्न बिहेको कुरा गरिहाल्ने ।।
फुल बनी छिरि पछि काँडा हुदारैछन् ।। २ ।।
......................................................................................
Ashish Danai
@gaurav ji,..
मनै त हो मान्छेको मन जता पनी सर्न सक्छ /
हिँजो एउटा मन पर्याथ्यो आज अर्कै मन पर्न सक्छ /
सबै केटा छाडा हुन्छन् भनेर नभन तिमी /
कहिलेकाहीँ देउता खोज्दा ढुङ्गा पनी पर्न सक्छ
...........................................................................................
Pa Chuks
Ashish Danai जी को लागि एउटा ...
हो हो ठिक छ पेल्दै जानुहोस
यस्तै यस्तै नै ठेल्दै जानुहोस
आखिर काली चाहिँ म लानेछु
हजुर दोहोरि खेल्दै जानुहोस
-चुकु
............................................................................................
Anuragi Binod Gaire
फूलेको फूल जस्लेपनि चुड्न पाउनु पर्छ प्रकाश॥
मनको चङ्गा जता ततै उड्न पाउनु पर्छ प्रकाश॥
न कसैको बल जफ्तिले रोकिन्छ यो प्रेमलिला,,
जीवनको रथ गन्तब्यमा गुड्न पाउनु पर्छ प्रकाश॥
.........................................................................................
Pa Chuks
Anuragi Binod Gaire जी लाइ पनि एउटा
काली नै हो ज्यान मेरो काली नै हो मन
कसलाई चाहि माया गरौ तिमि आफै भन
बेदना मा डुबेर पो को पो ठुलो भाको छ र
मै तन्नेरी बिग्रियो मति उतै जान्छ तन
-चुकु
..........................................................................................
Arun Regmi
चुकुको लागि
चुकु तिमि हद भन्दा बढी गर्दैछौ
मेरी मनकी काली आफ्नो भन्दैछौ
किन डाहा गर्छौ चुकु उतै बुजाऊ मन
बेअर्थमा मनको माया पारी दिदैछौ
........................................................................................
Pa Chuks
Arun Regmi लाइ ..
मन्मा राख्न तिम्लाई सधै छुट दिएकै छु
जे भने पनि चुप बसी मुख सिएकै छु
किन डाह गर्छु र त आफ्नै मित्र लाइ
जुनि जुनी खुशी पार्ने जिम्मा लिएकै छु
...चुकु ...
.........................................................................................
मुक्तक दोहोरि तेस्रो शृंखला - तेस्रो अंश
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
दोहोरि
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment