मुक्तक दोहोरि तेस्रो शृंखला - चौंथो अंश
Anuragi Binod Gaire
जस्ले तिम्लाई माया गर्छ उतै तिर सर॥
कस्लाई पो यो दुनियामा भने जस्तै छर॥
हुन त म को लाग्छु र तिम्लाई अर्ति बुद्धि दिने,
तिम्रो जीवन तिमी आफैँ मन लागेको गर॥
.............................................................................................
Pa Chuks
सबैलाई चुनौती ..................
पुर्णिमा को जुनलाई घरमा भित्र्याउछु
नम्बरी त्यो सुनलाई घरमा भित्र्याउछु
दुख सुख साट्न लाइ काली आउछे मेरो
भब्य स्वागत उनलाई घरमा भित्र्याउछु
..............................................................................................
Anuragi Binod Gaire
ख्याल गर झुकिएर औँशी घर आउला॥
सपना मात्रै देख्न छोड साह्रै दुःख पाउला॥
रुप मात्रै नहेर बुझ उस्को सबै कुरा॥
नत्र भने पिरतीमा तिम्ले धोका खाउला॥
.............................................................................................
Rashmi Rodan
मलाई पनि बाहिर बाटै भड्काउलान् है बाउले।
होस् गर नि तिम्रा गाला चडकाउलान् है बाउले।
घरको जेठो बाठोलेनि ईजत फालिस मोरा भन्दै।
यस्सो भेट्दा पनि मुन्टो कर्काउलान् है बाउले।।
(रोदन)
..........................................................................
Pa Chuks
Rashmi Rodan जी लाइ यो ....
दुनियाको बालै मतलब तिमि पाए पछी
घरको सबै ब्यबाहार मिल्छ तिमि आएपछि
तिमि पनि रुपकी त परि भन्दा राम्री छौ नि
बा आमा मख्ख पर्छन् तिमीले पाका खाएपछि
-चुकु
.........................................................................
Pa Chuks
Anuragi Binod Gaire
के को चिन्ता छ र साथि काली आइसकि
संगै बच्ने मर्ने भन्दै कसम खाइसकी
रुप मात्रै हेर्या होइन असल पनि छे है
पक्का पक्कि भाछे बाउलाई कुरा लाइसकी
-चुकु
............................................................................
Labels:
दोहोरि
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment