Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश छैटौं मुक्तक दोहोरि आज साँझबाट चर्किने

चुकुप्रकाश छैटौं मुक्तक दोहोरि आज साँझबाट चर्किने

(चुकुप्रकाश)
नेपाली कविता फाँटमा अलि व्यापक ढङ्गले मुक्तकका बारेमा अध्ययन भएको देखिँदैन । अध्ययन गरेकाले पनि यसका बारेमा जाँगर गरेर लेखिदिएका छैनन् । यसले गर्दा मु्क्तक भनेपछि हुरुक्क हुने जमात आज मुक्तकलाई चिनाउने सैद्धान्तिक आलेखका अभावमा भ्रमको कुहिरोमा निसास्सिरहेको छ । नेपाली साहित्य जगतमा निकै फस्टाएको विधा गज़ल हो भने मुक्तक पछी पछी नै देखिन्छ | तर नेपालीमा मुक्तक कविताको लेखन वि.सं. १८३९ तिरबाटै भएको देखिन्छ । शक्तिबल्लभ अज्र्याल (पृथ्वीनारायण शाहदेखि रणबहादुर शाह कालका कवि) अहिलेसम्मको खोजद्वारा प्रमाणित पहिलो नेपाली मुक्तककार हुन् । उनका ‘तनहँँ भकुन्डो’ शीर्षकका दुई श्लोकलाई नेपालीमा लेखिएका सर्वप्राचीन मुक्तक मानिन्छ । 
  मुक्तक फेरी ऐले अन्तिम समयमा आएर निकै चासोको बिषय बनेको पाइएको छ | आज यसको लेखन र विभिन्न पत्रपत्रिकाले देखाएको चासो लाइ मान्ने हो भने यो विधा निकै अगाडी आउने आँकलन गर्न सकिन्छ | 

प्रकाश अर्याल "चुकुप्रकाश"
चुकुप्रकाश डट ब्लग बाट पनि  यस विधालाइ निकै चासो दिइएको पाइन्छ , यसै ब्लग बाट आयोजना हुने विभिन्न कार्यक्रम मध्य "मुक्तक दोहोरि धमाका" ऐले सबैको हाइ-हाइ भएको छ | हरेक महिना हुने यो मुक्तक दोहोरि कार्यक्रमको पाँचौ श्रीन्खला सम्म सकिएर  आज साँझ ५ बजेबाट छैटौं भाग सुरु हुदै छ | 

पहिलो, दोस्रो र तेस्रो भाग चुकुप्रकाश डट ब्लग मै संचालन भयो भने चौथो र पाँचौं भागमा  फेसबुकको बलियो आड लिइएको छ थियो | आज बाट हुन गइरहेको कार्यक्रममा पनि फेसबुककै सहयोगमा मुक्तक संकलन गरिने छ | 

मुक्तक दोहोरिको लगातार तिन भाग सम्म ब्लगका एडमिन चुकुप्रकाशले मुख्य भूमिकामा बसेर नै संचालन गरे भने , चौथो बिमल राज ढकाल , पाँचौ भण्डारी दाइ "अचम्म " मुख्य भूमिकामा रहेका थिए | आजको यो कार्यक्रम मा देवराज भन्तना"विवश अश्रुमालि" के धामाका गर्ने छन् | 

देवराज भन्तना"विवश अश्रुमालि
अश्राङ्ग-३,गोरखामा जन्मेका भन्तना ऐले मलेसिया मा छन् , उनले आज मलेसिया बाटै कार्यक्रम चलाउनेछन् |माता गोमा भन्तना र  पिता लोक प्रसाद भन्तना को कोखबाट २०४७कार्तिक१७ गते जन्मेका भन्तना बि.बि.एस्(प्रथम वर्ष) सम्म को अध्यन गरेका छन | गरे के हुन्न(बालकथा लेखन)2064- तृतिय मेरा गाँउलेहरु(कविता वाचन)2065-प्रथम पुरस्कार जित्न सफल उन्को , १.तिर्सनाको खोलि-गजल संग्रह २.आवाज-गजल संग्रह ३.मेरो देश र मेरी आमा-कविता संग्रह ४.मनै त हो-नाटक ५.असफल जीन्दगीमा म र ऊनि-आत्मपरक निबन्ध ६.जलेको दिल-गीति एल्वम ७.क्रेजी लभर्स-उपन्यास गरि ७ वोटा कृति प्रकाशोन्मुख सुचिमा छन |

दोहोरीमा सहभागी हुन ५ दिन आगाडी नै ब्लग मा धेरै भन्दा धेरै टिप्पणी आएको छ | फेसबुकका भिता यिनै प्रसङ्ग ले भरिएका छन | ब्लग का एडमिन तथा कार्यक्रम निर्देसक प्रकाश अर्याल "चुकुप्रकाश" भन्छन - "दोहोरीमा  रमाइलो गर्नकै लागी धेरै ले मुक्तक लेख्छन , र निखारता पाउछन , कतिपयले  त पहिलो मुक्तक नै यहि लेखेका छन | यो कार्यक्रमको मुख्य लक्ष नै नेपाली साहित्य गजतमा मुक्तकले ज्वोती बाल्नु र सिघ्र प्रतिउत्तरको क्षमतामा वृद्धि गर्नु , रचनामा सुधार ल्याउनु , अरुको रचना पढ्ने बानि बसाल्नु हो |" 

अब आउने आउने श्रीन्खलामा व्यक्तिगत वालमा नभई चुकुप्रकाश डट ब्लग कै फेसबुक पेज मा रहने छ |


Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger