Pages

Home » » नेपाली गज़ल :खान्न भन्छौ बन्दा काउली थाहाँ पाउछौ बिहे पछि (सर्जक : मौलिक श्रीस)

नेपाली गज़ल :खान्न भन्छौ बन्दा काउली थाहाँ पाउछौ बिहे पछि (सर्जक : मौलिक श्रीस)

मौलिक श्रीस
सम्पादन गरिएको
त्यो पल्तिर कि चम्कौलिलाई________
मौलिक श्रीस
(माफी सहित )

खान्न भन्छौ बन्दा काउली थाहाँ पाउछौ बिहे पछि
मिठो मिठो भोजन खाउली थाहाँ पाउछौ बिहे पछि.//

ज्यानै भरि गहना लाउने रहर तिम्रो कम्ता छैन
सुनत् होइन रोल्गोल लाउलि थाहाँ पाउछौ बिहे पछि.//

नेल पोलिस लाउने तिम्रा चिल्ला चिल्ला नङ्ग ले
माँझ्नु पर्ला कालो ताउलि थाहाँ पाउछौ बिहे पछि.//

हुने खानि खानदानीले हेर्नु पनि पर्यो नि तिमीलाई
खै कस्तो सँग जाउलि थाहाँ पाउछौ बिहे पछि ..//

सिक छोरी सिक भन्दा सुनीनौ केहि आमाको कुरा
चार दिनमै माइत आउली थाहाँ पाउछौ बिहे पछी.//


मौलिक श्रीस

नवलपरासी(सुखौरा)
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger