Pages

Home » » नेपाली गज़ल :कदम कदम चालेको तिमीले भुलेछौ ( सर्जक : हर्कराज भूटानी)

नेपाली गज़ल :कदम कदम चालेको तिमीले भुलेछौ ( सर्जक : हर्कराज भूटानी)

मालिनी छन्द- १५ अक्षर
III III SSS ISS ISS

गजल



कदम कदम चालेको तिमीले भुलेछौ/
शितल नहर तारेको तिमीले भुलेछौ//

म त ति नजरमा रम्दै डुलेथेँ पियारी/
अनि मुसुमुसु हाँसेको तिमीले भुलेछौ//

जब कि मिलनको धेरै अपेक्षा बढेथ्यो/
तब छमछम नाँचेको तिमीले भुलेछौ//

कति कति म रमाएँथे मिलेरै खुलेथेँ/
सपथ लिएर बाँधेको तिमीले भुलेछौ//

धडकन पनि रोके झैँ बनायौ निठूरी/
बचन दिएर मागेको तिमीले भुलेछौ//

-हर्कराज भूटानी

Share this article :

1 comment:

Abinash Bhattarai Xtra said...

मिठो गजल दाइ ।

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger