
मयूर झैं ढल्की हिड्ने,चाला तिम्रो त
जीम्मल बाउको छोरी,या हौं मन्त्रिको
हातै भरि सुनको छ, बाला तिम्रो त
जन्मीदैंमा यस्तै हो की,या जादू छ कुनै
छोहीरहुँ मुलायम , छाला तिम्रो त
भाग्यमानी हुनेछ त्यो,तिम्रो हुने जो
कस्ले पाउँला दिलको,ताला तिम्रो त
पस्मिनाको पछ्यौरीले,वैंश छोपिन्न
बाढी आए झैं प्रेमको,प्याला तिम्रो त
-देवराज भन्तना"विवश अश्रुमालि"
गोरखा
2जुलाई2014
No comments:
Post a Comment