अरुण रेग्मी |
- अरुण रेग्मी (आश्विन ८ )
मुक्तक के हो? यसको संरचना कस्तो हो? भन्ने जस्ता विभिन्न प्रश्न, विचार, विमर्श, बहस
मुक्तकमा बढ्दै गईरहेका छ | नेपाली
साहित्यको मुक्तक विधामा लामो समय बिताउनु भएका ब्यतिहरुले मुक्तक बारेको नियमहरु औल्याईदिनु भएकाले नि मुक्तक बारेको भ्रममा
केहि मात्रामा कमि आएको देखिन्छ तर सबै नब-आगान्तुक सर्जकहरुले यसबारेको ज्ञान
पाउन सकेको अवस्था छैन | किताबका पानामा सिमित रहेका नियमहरु देश-बिदेशमा छरिएर
रहनुभएका सम्पूर्ण सर्जक समक्ष पुग्न सकेको अबस्था छैन |
यहि अबस्थालाई मध्य-नजर गर्दै बिगत केहि महिना देखि मुक्तकको बिकासको
लागि चुकुप्रकाश डट साहित्यिक ब्लग ( www.chukuprakash.blogsport.com) ले
गर्दै आएको कार्य निकै सह्रानीय छ| चुकुप्रकाश डट साहित्यिक ब्लग ले हरेक महिना
मुक्तक दोहोरि संचालन गर्दै आईरहेको छ | मुक्तकको सिंगो विकासको लागि गरिएको यो
कार्यमा पुराना तथा नव सर्जकहरुको बाक्लै उपस्थिति रहको छ | यसले के फाइदा पुगेको
देखिन्छ भने पुराना सर्जकहरुबाट नव-सर्जक हरुले पनि नजानेको कुराहरु सिक्ने अवसर
पाएका छन् | आफ्ना गल्ति कमजोरी कहाँ छ भन्ने स्वाध्ययन नव-सर्जकले गर्न सकेका छन्
| चुकुप्रकाश डट साहित्यिक ब्लग ले छरिएर रहेका मुक्तक मनहरुलाई जोड्ने साँघुको
रुपमा काम गरेको छ | प्रत्येक पल्ट विभिन्न श्रष्टाहरुलाई मुख्य भूमिकामा राखिन्छ
भने उहाँहरु संग नजिकिँदै मुक्तक सिक्ने
अवसर नव श्रष्टा पाएका छन् |
प्रकाश अर्याल 'चुकुप्रकाश' |
ब्लगले आयोजना गरेको मुक्तक दोहोरीमा धेरै भन्दा धेरै सर्जकले आफ्ना मुक्तक
प्रस्तुत गर्नु भएको देख्दा नेपाली साहित्य पनि फराकिलो हुदै गएको महसुस गर्न
सकिन्छ | केहि सिमित ब्यतिहरुमा निहित रहेको मुक्तकले आज निकै ठुलो फड्को मारेको छ | यहि खाडल कम गर्न
लागि परेको चुकुप्रकाश डट साहित्यक ब्लग आज मुक्तकलाई मन पराउने जमातहरू बीच निकै
रुचाईएको एउटा साहित्याकि ब्लगको रुपमा आफुलाई चिनाएको छ|
ब्लगले संचालन गरेको मुक्तक दोहोरि आज ९ औ भाग सम्म आईपुगेको छ | बिगत
९ महिना देखि सुरु भएको मुक्तक दोहिरिलाई फर्केर हेर्ने हो भने मुक्तक विधा खासै
रुचाइएको देखिदैन थियो तर आज समय परिबर्तन भएको छ ९ महिनाको यो अवधिलाई मात्रै
हेर्ने हो भने पनि मुक्तक बारे जान्न चाहने अनि आफु पनि मुक्तक लेख्ने जमातमा
निक्कै बढेको देखिन्छ
|
मुक्तक दोहोरि को अवधारणा सिर्जना गरेर मुक्तक बिकासमा बलियो मेरुदण्डको
रुपमा चिनिनु भएको छ ब्लग का एडमिन तथा कार्यक्रम
संचालक प्रकाश अर्याल ‘चुकुप्रकाश’ | यति छिटो समयमा मुक्तक दोहोरीको
प्रभाव सम्पूर्ण साहित्य पारखीमा परेको छ | ऐले फेस्बुकका भितामा मुक्तक दोहोरि ,
दुइ स्रस्टाबीच मेसेजमा मुक्तक दोहोरि हुन थालेको छ | चुकुप्रकाशको यो कार्य
प्रसंशा योग्य छ | मुक्तक दोहोरिले अझै
प्रगतिका खुड्किला उक्लिदै जावोस् सम्पूर्ण टिमलाई मेरो सुभकामना ! जय मुक्तक !!
जय साहित्य !!
अरुण रेग्मी ‘अवि अविरल’
No comments:
Post a Comment