- दिनेश राजभण्डारी
मेरो ज्यानको माया मलाई छैन, म के भनूँ
मैले तिम्रो माया मारेको हैन, म के भनूँ ।
तिमीलाई मेरो मायाको कत्ति, वास्ता छैन
आँखामा निन्द्रा आँतमा भोक लाग्दैन, म के भनूँ ।
तिम्रो माया नपाएर यो गति, भयो आज
माया नगरे बाँच्न मन लागेन, म के भनूँ ।
बाटोमा देखिन्छ सबैको जोडी, हाँस्दै हिंड्छ्न्
आफ्नो भने त्यस्तो जोडी मिलेन, म के भनूँ ।
मर्न सकिन बाँचेको झैं छैन, बाँचेको छु
सासको त्यान्द्रा मृत्युले लतारेन, म के भनूँ ।
Boston, USA
भावना : मेरो ज्यानको माया मलाई छैन, म के भनूँ (सर्जक : दिनेश राजभण्डारी)
Labels:
भावना
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment