Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश ११ औं दाइजो बिषयक मुक्तक दोहोरीको बारेमा बि बि तामांग घिसिंङ को खुल्ला पत्र

चुकुप्रकाश ११ औं दाइजो बिषयक मुक्तक दोहोरीको बारेमा बि बि तामांग घिसिंङ को खुल्ला पत्र

एकजना मित्रले दाइजो विरुद्ध मुक्तक दोहोरीको बारेमा केही प्रश्न राख्नु भएको रैछ उहाँको प्रश्न लाई जानीनजानी यसरी उत्तर दिए

छोटकरीमा  : 

चुकुप्रकाश साहित्यिक ब्लग द्वारा यहि मिती : २०७१/ मंसिरको पहिलो हप्ता ६ र ७ गते दाइजो विषय मुक्तक दोहोरी कार्यक्रम सामाजिक सन्जाल मार्फत अथवा फेसबुकको कमेन्ट बक्समा ३३ घन्टा चलेको थियौं
र दाइजो विषय मुक्तक दोहोरी खेल्न १७८ जान सर्जक मुक्तक मन मित्रहरूको सहभागी थियो र ११ औं पटकपटकको दाइजो विषेश मुक्तक दोहोरी को प्रमुख भुमिका निभाउन चुकुप्रकाश साहित्यिक ब्लग बाट  द्वारा म, र सम्झानी रेग्मी 'सानु' लाई जिम्मेवारी दिनु भएको थियो|
सो मुक्तक दोहोरी मा ३,४०० को हाराहारीमा मुक्तकहरु समावेश भएको थियो  र कुनै  साथीले आज भन्दा एक वर्ष अगाडि दाइजो कै कारण आफ्नै दिदीको हत्या समेत भएको दुखद खबर पनि  मुक्तक दोहोरोमा पस्कनु भएको थियो  र मैले सुनेको खबर विभिन्न अनलाइन मार्फत समाचारमा छापिएको नपढेको पनि हैन पढेकै हो र सुनेकै छु | विगत २ वर्ष भित्रमा हाम्रो देशको विभिन्न ठाउँ र समाजमा कुनै लाई आफ्नो लोग्ने सासु ससुरा समेत मिलेर जिउँदै जलाउने जस्तो खबर पनि सुनेको छु  र दाइजो कै कारण २५ जान भन्दा बढी चेलिबेटीको ज्यान गइरहेको खबर पनि पाएको छु र दाइजो कै कारण कति छोरी चेलिहरु पिडित भएको खबर पनि सुनेको छु| 
आखिर किन यस्तो गर्छन् त ? छोरी चेलि माथी हाम्रो समाजमा कि अरुको सम्पत्तिको आशा मा मात्र बिहे गर्छन् त मान्छेहरू दुई दिनको लागि  ? हो यहि विषय लाई लिएर हामीले फेसबुकको भित्तामा भएपनि दाइजो विरुद्ध आवाज उठाउन खोजेको मात्र हो कसैलाई दाइजो दिनु पर्दैनन् र लिनु पर्दैनन् भनेर जबर्जस्ती गर्न खोजेको चाहिँ हैन आफ्नो-आफ्नो विचार हो | मेरो व्यक्तिगत बिचारमा बाउमाइतिले आफ्नो छोरीलाई पछि हेला गर्छन् कि भनेर इच्छा अनुसार र छोरीले माइती घरमा हुदा दु:ख गरेको सम्झेर दिने होला तर यो केटा तिर बाट दाइजो किन माग्नु हुन्छ त्यो चाहिँ मलाई थाहा भएन र केटा तर्फबाट दाइजो माग्नु पनि गल्ती जस्तो लाग्छ किन कि अर्काको छोरी पनि दिनु सम्पत्ति पनि दिनुपर्ने चाहिँ अलि नहुने नियम हो| हुनत आफ्नो आफ्नो जातीय रीतिरिवाज अनुसार पनि हुन सकिन्छ म एउटा तामाङ को छोरा भएर जुन हिजोको दिनमा दाइजो विरुद्धमा आवाज उठाए तर मलाई यो दाइजो बारेमा त्यति थाहा पनि छैन र हाम्रो तामाङ हरुको रीतिरिवाज चाहिँ यस्तो छैन तामाङहरुले चाहिँ केटा तिर बाट दिनुपर्ने हुन्छ केटीको बुवाआमा लाई किन केटीको बुबाआमालाई दिनुपर्छ त भने पछि आफ्नो छोरीलाई हेला गर्छन् कि बिचमा गएर छोडिन्छ कि भनेर छोरीको बाउआमाले पैसा सुन भएपनि लिएको हुन्छ पछि केही भएर छोडिएमा या बिचमा अर्को सौतेनी ल्याएकोमा हेला गरेर छोडेर माइतीघरमा आएर बस्नुपर्नेमा त्यो पैसा सुन केटीले पाएको हुन्छ | जुन हिजोको दिनमा हामीले दाइजो विरुद्ध आवाज उठायौं  र यसरी दाइजो विरुद्ध आवाज उठाएर मात्र पनि समस्याको समाधान नहोला हामीले एउटा जनचेतनामूलक संदेश दिन खोजेको मात्र हौँ र भोलिको दिनहरूमा कुनै पनि छोरी चेलिले दाइजो कै कारण मार्न नपरोस् र जिउँदै जल्न नपरोस् भन्न खोजेको मात्र हो हुनत सबैभन्दा ठुलो कुरा मान्छेको मनै हो गरे के हुदैन र आफ्नो गाउँ छिमेकीमा जनचेतनामूलक कार्यक्रम राख्ने गाउँ समुह बनाउने जस्तो कार्यक्रमहरु थालनी गर्ने गरियो भने भोलिको दिनहरूमा पक्कै पनि छोरी चेलि यसरी पिडित हुनबाट बच्न सकिन्छ होला | मेरो बिचार यतिनै कुनै गल्ती भएमा माफी चाहे |

मुख्य पात्र
बि बि तामाङ घिसिंङ 
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger