। । । । । । गजल । । । । । । ।
जारी गर्या भोलिपल्ट, नजल्ने होस संविधान
पुस्तौ पुस्ता सम्म दीगो, भै चल्ने होस् संविधान
पुस्तौ पुस्ता सम्म दीगो, भै चल्ने होस् संविधान
सबै जात भाषा धर्म, लिङ्ग अनि तह तप्का
समेटियोस् सबैलाई, नछल्ने होस संविधान
समेटियोस् सबैलाई, नछल्ने होस संविधान
समाजमा युगौदेखि, ठडिएको अन्न्यायको
पर्खालहरू जगैबाट, त्यो ढल्ने होस् संविधान
पर्खालहरू जगैबाट, त्यो ढल्ने होस् संविधान
कोही खान्छन् अनेक् किसिम्, कोही भोक भोकै मर्छन
गरीबको पनि चुल्हो, बल्ने होस संविधान
गरीबको पनि चुल्हो, बल्ने होस संविधान
दुइ छाकको रोटी खोजी, पर्देश तिर पस्या युवा
देशमै बसी सुन चाँदी, फल्ने होस संविधान
देशमै बसी सुन चाँदी, फल्ने होस संविधान
सत्रहजार जनताको, आत्माले शान्ति पाउँन
भ्रचारको जरै समेत्, ओखल्ने होस् संविधान
भ्रचारको जरै समेत्, ओखल्ने होस् संविधान
आज सम्म समाजमा, चलि आ'को रितीथिती
राम्रो खाँदै नराम्रोलाई, ओकल्ने होस् संविधान
राम्रो खाँदै नराम्रोलाई, ओकल्ने होस् संविधान
युबराज गौतम
कल्लेरी ६
धादिङ
हाल= कतार
कल्लेरी ६
धादिङ
हाल= कतार
No comments:
Post a Comment