
सत्रौ वर्स पुगेछ आज जननी , स्वर्गै भएकी तिमी ।
श्रध्दा भक्ति चढाउदै घर घरै , सम्झीरहेछौ तिमी ।।
तिम्रो भार म तिर्न सक्दिन कबै , पूजा र श्रध्दा गरी ।
आमाको ममता भुलेर कहिल्यै , अग्लन्न है उन्नति ।। १।।
हामी जे अहिले भयौ अवनिमा , उन्कै सुधा पान हो ।
हामी जे अहिले रह्यौ अवनिमा , उन्कै मुदा पान हो ।।
जस्का काख र साखमा लुट्पुटी , गर्दै र बढ्दै गयौ ।
त्यस्ती निश्छल प्रेमकी भगवती , धिक्कार टाढा भयौ ।। २।।
मार्गै शुक्ल नबौ सफा तिथि मुमा , हाम्रो महा पर्व हो ।
गर्छौ तर्पण पिण्डदान जननी , सन्देश द्यौ शान्तिको ।।
आमाको रिण तिर्न पुत्र जनले सदैन कैल्यै पनि ।
ज्यूदो मै गरु है सुसार जननी , सम्मान आस्था अनी ।। ३।। s
-बद्रि प्रसाद दाहाल
No comments:
Post a Comment