Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » तिहार बिशेष मुक्तक दोहोरि E-BOOK सार्बजनिक Download Free ( मुक्तककार सम्झना अर्याल र अम्बिका प्रसाद बन्जाराको साथमा )

तिहार बिशेष मुक्तक दोहोरि E-BOOK सार्बजनिक Download Free ( मुक्तककार सम्झना अर्याल र अम्बिका प्रसाद बन्जाराको साथमा )

                     DOWNLOAD  E-BOOK HERE
गत कार्तिक १  र २ गते भएको मुक्तक दोहोरि निकै सानदार संग सम्पन्न भयो | आज सम्मकै सबैभन्दा भब्य मुक्तक दोहोरि बन्यो र इतिहास रच्न सफल भयो |  तपाइँसम्पूर्ण मुक्तकमनले चुकुप्रकाश साहित्यिक ब्लग लाइ माया गरि दोहोरीमा खेल्नु भयो र पक्कै रम्नु भयो | यसको लागि म निक्कै आभारी छु | तपाइको यो ऋण कसै गरि पनि तिर्न सक्दिन , तर तपाइहरुलाई यो सानो कोशेली भने टक्र्याउन मन लाग्यो |


   तपाइहरुले मुक्तक दोहोरीमा राख्नु भएको मुक्तक जस्ताको तेस्तै राखेर , तपाइहरुले नै पठाउनु भएको बधाई पत्रलाई जस्ताको तस्तै राखेर एउटा अनलाइन पुस्तक ( E-BOOK) तयार गरि तपाइहरुलाई नै जिम्मा लगाउन मन लाग्यो | जसले गर्दा हरेक क्षण यो पाना पल्टाउदा मुक्तक दोहोरीको मज्जा पुनः स्मरण हुनेछ |

आउनुहोस तल दिईएको लिंक बाट पुस्तक डाउनलोड गरि आफु पनि पढ्नुहोस र आफ्ना साथीलाई पनि पढ्न दिनुहोस |यो दशौँ मुक्तक दोहोरि तिहारको रौनकमा धेरै शिर्षकको बीच तिहार लाइ नै मुख्य प्राथमिकता दिएर शीर्षक चयन भयो अक्टोबर १८ र १९ / कार्तिकको सुरु १ र २ गते को दिनलाई मिति तोकेर दोहोरि राखियो , खै कतिसम्म न्याय गर्न सकियो ! कतिको समय मिलेन कति त्यै बेला बिरामी हुनुहुन्थ्यो कतिलाई के ले साथ दिएन भने कोहीलाई चटक्क मिलेको दिन र समय थियो | दोहोरि मा धेरै भन्दा धेरै सर्जक मित्रहरु उपस्थित हुनुभयो , कत्तिपय ले आफ्नो कामनै थाती राखेर दोहोरीमा रम्नु भयो भने कतिपयले काम बाटै लुकिचोरी भएपनि  यो मेलामा आउन पछी पर्नु भएन | त्यस्तै कोहि-कोहि मित्रहरु बिबिध कारणबस उपस्थित हुन नसकेपनि दुवै दिन उहाहरुको तन मन यतै रह्यो | जहाँ जे जसरि भएपनि कार्यक्रम निकै रमाइलो  भयो | यसको लागी यहाँहरु सम्पूर्ण लाइ जति धन्यबाद दिए पनि कम हुन्छ | अक्षर मा ब्यक्त गर्न नसकिने यो ‘धन्यबाद दिन्छु | कार्यक्रम मुक्तक दोहोरि ( तिहार विशेष ) यो भागको सम्पूर्ण जिम्वेवारी आफ्नो काँधमा बोकेर अहोरात्र खटिनु भएको प्रमुख भूमिका निर्वाह गर्नुहुने सल्हाकार सम्झना अर्याल दर्पण र ब्यबस्थापक अम्बिका प्रसाद बन्जारा प्रति सदा ऋणी रहनेछु |म कहिले बिर्सन सक्दिन कार्यक्रमको मुख्य भूमिकामा रहेर मुक्तक दोहोरीलाई भव्यताका साथ सफल पार्नु भएका पूर्व पाहुनाहरु बिमलराज ढकाल , भण्डारी दाइ , देवराज भन्ताना , जगत अधिकारि अनमोल , कल्पना पौडेल जिज्ञाशु , शिला कार्की र कपिल लामिछाने लाइ पटक पटक धन्यबाद दिन्छु |
सल्लाहकारमा सम्झना अर्याल , मदन भण्डारी र अरुण रेग्मी , ब्यबस्थापकमा मौलिक श्रीस , अम्बिका प्रसाद बन्जारा र दिपक अधिकारि चंचल रहनु भयो | त्यसैगरी बिशेष सहयोगीमा कृष्ण घिमिरे र मैले कार्यक्रमको निर्देशन गर्ने जिम्मा लिएँ | कार्यसमिति सुरु भए देखि मुक्तक दोहोरिमा प्रचार प्रसार गर्न सकियो , धेरै भन्दा धेरै रेडियो संग हातेमालो गर्न सकियो , यसैगरी इन्टरनेट किताव {E-BOOK} तयार गरेर तपाइँ सम्पूर्ण माझ पुर्याउन सकियो , अडियो बनाएर सबैको मुक्तक समेट्ने प्रयास भयो | साच्चै यहाँ धेरै मेहेनत भएको छ , त्यै मिहेनित तपाइँ सम्पूर्णले बुझिदिनुभएको छ , साथ दिनु भएको छ , हौसला बढाउनु भएको छ माया गर्नु भएको छ | म व्यक्तिगतरुपमा र यो युनिटकै तर्फबाट आभार ब्यक्त गर्न चाहन्छु | मुरी मुरी धन्यबाद दिन चाहन्छु | 

दोहोरिकै क्रममा उब्जिएका मिठा मिठा मुक्तकहरु आफ्नो कोकिल कण्ठबाट अझ मिट्ठो बनाउदै बिश्व भर फैलाउनु हुने आदरणीय संचारकर्मीहरु; मदन भण्डारी , कमल सरगम , युवराज लामिछाने , गंगा बस्याल , दिनेश घिमिरे , शिखा श्रेष्ठ, भुमि सुवेदी र आर. सी यादव, मैन बत्तिको सिखा , देवकी अधिकारि , रोहित साही त्यसै गरि सहयोग गर्नुहुने सम्पूर्ण रेडियो सस्थाहरु यहाँ हरु सम्पूर्णलाइ धेरै भन्दा धेरै धन्यबाद तथा आभार | साथै कर्यक्रमका सम्पूर्ण गतिबिधिहरु आफ्नो ब्लगबाट विश्वभर फैलाउनुहुने रामशरण श्रेष्ठ र मोहन बिहानीलाइ पनि हार्दिकताका ज्ञापन गर्दछु | मेरा हरेक कार्यक्रमलाइ नजिकवाट नियाली बारम्बार धन्यबाद दिनुहुने आदरणीय गुरु कोमल भट्ट, जे सागर र आदरणीय दाजु बालन्द राइलाइ पनि सब्दमा बयान गर्न नसकिने धन्यबाद दिन्छु | त्यसै गरि फेसबुकाका भित्ताभरि मुक्तक दोहोरीका नारा बनाउनुहुने , छलफल गर्नुहुने र सल्लाह दिनुहुने , बिशेष गरि कार्यक्रम मा सहभागी जनाउनु हुने १२१ जना मुक्तककार महानुभावहरुलाई एकमुष्ट धन्यबाद तथा साधुवाद !
 

प्रकाश अर्याल ‘चुकुप्रकाश’
चुकुप्रकाश साहित्यिक पत्रिकाका एडमिन
तथा
मुक्तक दोहोरि कार्यक्रमको संचलाक



Total Page Number : 178
Size : 6.85 MB
Its Facility  

Problem ??

Try From here .. 


Click To Download From Optional Link 






यो कार्य कस्तो लाग्यो मन परेमा तलको लाइक बटम थिच्नुहोस

Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger