Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » कविता सिद्धान्त र नेपाली कविताको इतिहास : कविताको मानक ग्रन्थ [ डा.लक्ष्मणप्रसाद गौतम ]

कविता सिद्धान्त र नेपाली कविताको इतिहास : कविताको मानक ग्रन्थ [ डा.लक्ष्मणप्रसाद गौतम ]

- डा.लक्ष्मणप्रसाद गौतम
इतिहास लेख्नु अत्यन्तै जटिल, कठिन, श्रमसाध्य र चुनौतीपूर्ण एवं अपजसिलो काम हो । त्यसैले साहित्यको इतिहास लेखनमा कलम चलाउनेहरू अत्यन्त थोरै छन् । अझ त्यसमा पनि सा“चो कुरा गर्नुपर्दा समग्र नेपाली साहित्यको इतिहास लेखनका सन्दर्भमा लेखिएबाहेक विधागत इतिहास लेखनका दृष्टिले भने नेपाली साहित्य निकै पछाडि छ । विश्वविद्यालयस्तरीय पाठ्यप्रयोजनका लागि पाठ्य वा सन्दर्भपुस्तकका रूपमा लेखिएका विविधतामय र अन्योलग्रस्त सामग्रीबाहेक विधागत इतिहासको कुनै ठोस, वैज्ञानिक, वस्तुगत र व्यवस्थित अध्ययन–लेखन नभइरहेको सन्दर्भमा डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास नामक ग्रन्थ एउटा आधिकारिक र मानक ग्रन्थका रूपमा आएको छ । यस ग्रन्थले एकातिर कविता विधाका समग्र सैद्धान्तिक पक्षको गहन विश्लेषण गरेको छ भने अर्कातिर कविताविधाको विधागत साहित्यिक इतिहास लेखनका क्षेत्रमा पहिलो र सशक्त फड्को मारेको छ । 

पृष्ठभूमि र विषयप्रवेश
नेपाली समालोचना, भाषविज्ञान, कोशविज्ञान, शोधविधिलगायतका विभिन्न क्षेत्रमा कलम चलाएर ५ दर्जनभन्दा बढी ग्रन्थहरू लेखिसकेका डा.खगेन्द्रप्रसाद लुइटेल वस्तुवादी समालोचक हुन् । कविताको संरचनात्मक विश्लेषण शीर्षकमा विद्यावारिधि गरेका संरचनावादी समालोचनाका प्रवर्तक–उन्नायक डा. लुइटेलको सद्यः प्रकाशित कृति हो— कविता सिद्धान्त र नेपाली कविताको इतिहास । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित यो कृति विधागत साहित्यिक इतिहास लेखनका क्षेत्रमा नेपाली कविताको एउटा ऐतिहासिक दस्ताबेज हो र नेपाली काव्यिक इतिहासमा केन्द्रित अहिलेसम्मको प्रामाणिक र मानक ग्रन्थसमेत हो ।

नेपाली साहित्यमा विधागत इतिहासको निर्माण त भएको छ, तर त्यसको व्यवस्थित अध्ययन–विश्लेषण भने अत्यन्त कम भएको देखिन्छ र एउटाएउटा विधाको सम्पूर्ण पुस्तकको अभावप्रायः नै छ । यस्तो परिस्थितिमा नेपाली साहित्यका सचेत पाठक र साहित्यका सम्पूर्ण अध्येताहरूका लागि डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास ग्रन्थले ठूलो अभावको पूर्ति गरेको छ । जुनसुकै भाषाको साहित्यमा पनि कविता नै सबैभन्दा समृद्ध र विकसित विधा हो । नेपाली साहित्यमा पनि कविता विधा नै समृद्ध र विकसित छ । यति हु“दाह“ुदै पनि नेपाली कविताका बारेमा सिद्धान्तदेखि विकासक्रमसम्मको समग्र, अद्यावधिक र व्यवस्थित अध्ययन भएका ग्रन्थको नितान्त अभाव भइरहेका सन्दर्भमा डा.लुइटेलको प्रस्तुत कृति एउटा महŒवपूर्ण आधार ग्रन्थका रूपमा रहेको छ । 
ग्रन्थभित्रका उपकरणहरू 
डा.खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास शीर्षकको प्रस्तुत कृति मुख्यतः कविताका दुई पक्षमा केन्द्रित देखिन्छ र शीर्षकबाट पनि यो कुरा स्पष्ट हुन्छ । यस ग्रन्थको पहिलो खण्ड वा सिद्धान्त खण्ड मात्र पनि सिङ्गो ग्रन्थ हुनसक्छ । यस खण्डमा वस्तुगत ढङ्गले कविताको सैद्धान्तिक चिनारी दिइएको छ । यसक्रममा कविताको परिभाषा, वर्गीकरण, संरचना र संरचक घटकहरूका बारेमा व्यापक विश्लेषण गरिएको छ । कृतिको कविता सिद्धान्त खण्डलाई कविताको परिभाषा, कविताको परम्परित वर्गीकरण, कविताको आधुनिक वर्गीकरण, कविताको संरचनाको पहिचान र कविताका संरचक घटकहरू गरी पा“चवटा मूल शीर्षकहरूमा वर्गीकरण गरिएको छ । 

कविताको परिभाषा शीर्षकभित्रका पा“चवटा उपशीर्षकहरूमा कविताको परिचय र संस्कृत साहित्य, पश्चिमी साहित्य एवं नेपाली साहित्यका प्रमुख कवितासम्बन्धी परिभाषाको उल्लेख गर्दै निष्कर्षसमेत प्रस्तुत गरिएको छ । पूर्वीय–पाश्चात्य कवितासम्बन्धी परिभाषामा पनि पूर्ववर्ती अध्ययन–विश्लेषणभन्दा भिन्न रूपमा प्रतिनिधि परिभाषाहरूको चयन गरी व्यवस्थित रूपमा सङ्गठित गरिएको छ र ती परिभाषाहरूको संस्कृत एवं अङ्ग्रेजीको मूलपाठ पनि समावेश गरिएको छ । जसले गर्दा पाठकलाई तिनको तुलनात्मक अध्ययन गर्न सजिलो हुने देखिन्छ । नेपालीका प्रमुख कवितापरिभाषाहरूको उल्लेख गरी निष्कर्षमा आफ्नै किसिमले कवितालाई परिभाषित गरेर चारवटा बु“दाहरूमा आबद्ध गरी ती बु“दाहरूको व्याख्याद्वारा त्यसलाई पुष्टि गरिएको छ । 

कविताको परम्परित वर्गीकरण मूलशीर्षकभित्रका तीनवटा उपशीर्षकहरूमा पूर्वीय र पश्चिमी साहित्यका कवितसम्बन्धी वर्गीकरणलाई व्यापक रूपमा प्रस्तुत गरी निष्कर्ष दिइएको छ । कविताको आधुनिक वर्गीकरणमा भने मुख्यतः कविताका प्रगीतात्मक, आख्यानात्मक र नाटकीय संरचनाका आधारमा प्रगीतात्मक कविता, आख्यानात्मक कविता र नाटकीय कविता गरी तीन किसिमले वर्गीकरण गरेर तिनका विभेदक अभिलक्षणहरूलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै कविताको संरचनाको पहिचान शीर्षकभित्रका उपशीर्षकहरूमा संरचना र कविता संरचनाको परिचय प्रस्तुत गरी संरचनात्मक विन्यासक्रमलाई प्रस्तुत गरिएको छ । कविताको विन्यासक्रमको नया“ अवधारणा यस कृतिको विशेष उल्लेखनीय पक्ष हो । 

कविताका संरचक घटकहरू शीर्षकभित्रका विभिन्न उपशीर्षकहरूमा कविताका लघुसंरचक घटक वा तत्वहरूको उल्लेख गरेर तिनको व्याख्यासमेत गरिएको छ । कविताका संरचक तत्व वा घटकहरूका बारेमा विविधताका कारण सचेत पाठकहरूसमेत अलमलिने गरेका सन्दर्भमा कविताका वस्तु, सहभागी, परिवेश, उद्देश्य, दृष्टिबिन्दु र भाषाशैलीय विन्यास गरी छवटा मूल संरचक घटक मानेर तीअन्तर्गतका विविध तत्वहरूकोे व्याख्या गरिएको छ । कविताको सैद्धान्तिक निरूपणका दृष्टिले मानक, व्यवस्थित, समग्र र वस्तुगत किसिमको अध्ययन–विश्लेषण यस ग्रन्थमा मात्र पाइन्छ भन्नु अत्युक्ति हु“दैन । 

नेपाली कविताको इतिहासलाई यस ग्रन्थको दोस्रोे खण्डका रूपमा लिन सकिन्छ । नेपाली साहित्यमा कालविभाजनका प्रयासहरू, नेपालीकविताको प्राथमिक काल, नेपाली कविताको माध्यमिक काल, नेपाली कविताको आधुनिक काल र नेपालबाहिर नेपाली कविताको परिदृश्यजस्ता मूलशीर्षक, तीभित्रका विभिन्न उपशीर्षक, सहायक शीर्षक र दुई सय छयानबे पृष्ठको आयाममा विस्तारित यो दोस्रो खण्ड नै कृतिको महत्वपूर्ण र खोजमूलक पाटो हो । यस खण्डको पहिलो शीर्षक नेपाली साहित्यमा कालविभाजनका प्रयासहरूमा विभिन्न विद्वान्हरूद्वारा गरिएका कालविभाजनका प्रयासहरूको उल्लेख गर्दै तिनका केन्द्रीयतामा नेपाली कवितामा देखापरेका कालविभाजनसम्बन्धी मतमतान्तरहरूको तर्कयुक्त खण्डन–मण्डन गर्दै निर्णयात्मक ढङ्गले सर्वमान्य निष्कर्ष प्रस्तुत गरिएको छ । त्यसपछिका विभिन्न शीर्षक र उपशीर्षक÷सहायक शीर्षकहरूमा नेपाली कविताको विकासक्रमलाई व्यापक रूपमा अध्ययन–विश्लेषण गरिएको छ र कविताको अद्यावधिक इतिहास निर्माणको विशिष्ट बाटो र पाटाको निर्माण गरिएको छ । 

ग्रन्थको विशेषता र महत्व
कविता सिद्धान्त र नेपाली कविताको इतिहास ग्रन्थको मुख्य विशेषता भनेको नै स्पष्ट सैद्धान्तिक निरूपण र व्यापक ऐतिहासिक सर्वेक्षण हो । नेपाली कविताको यही ऐतिहासिक सर्वेक्षण, विश्लेषण र मूल्याङ्कन नै यस ग्रन्थको विशेष प्राप्ति पनि हो । नेपाली कविताको प्राथमिक कालदेखि आधुनिक कालको समसामयिक धारासम्मका कविप्रतिभा र प्रवृत्तिको प्रभावपूर्ण निरूपण यस ग्रन्थमा भएको छ । तीनवटै कालका प्रमुख धारा, उपधारा र तिनका प्रवृत्तिगत विशेषताका साथै एउटा मात्र पनि काव्य÷कविताकृति प्रकाशित गरेका कविहरूको समेत समाविष्टि यस ग्रन्थको अर्काे गहन कार्य हो । प्राथमिक कालको वीरधारादेखि आधुनिक कालको समसामयिक धारासम्मका एक हजार दुई सयभन्दा बढी कविहरू र तिनका काव्यकृतिहरूलाई एकै ठाउ“मा जम्मा गरेर सबै कवि एवं ती सबैका सिर्जना एवं योगदानको कदर गरिएको छ । यीमध्ये पनि नेपाली कविताको प्रत्येक काल र धाराका विशिष्ट, प्रतिनिधिमूलक र विशेष योगदान दिने कविहरूका बारेमा व्याख्यात्मक र विश्लेषणात्मक रूपमा तिनका कवित्वको निरूपणसमेत गरी विशेष चर्चा गरिएको छ । यसरी विस्तृत चर्चा गरिनेहरूमा प्राथमिक कालका बीसजना, माध्यमिक कालका पैंतीसजना र आधुनिक कालका एकसय नौ जना गरी जम्मा एक सय चौसठ्ठीजना कविहरू रहेका छन् । जम्माजम्मी एक हजार दुई सयजनाभन्दा बढी कविहरू र तिनका प्रथम कृतिप्रकाशनको कालक्रमलाई आधार बनाएर उल्लेख गरिएकाले र पहिलो कृति प्रकाशनको स्रोत नभेटाएकालाई अन्य वैकल्पिक विधि अवलम्बन गरेर राखिएकाले कृतिका सबै तहमा नियमबद्धता र एकरूपता पाइन्छ । जसले गर्दा कृतिको सूचनामा कहीं पनि अस्तव्यस्तता पाइ“दैन । यसबाट कवि स्वयंले सजिलैस“ग आफ्नो स्थान निर्धारण कहा“नेर भएको रहेछ भन्ने कुरा थाहा पाउ“छ र उसले आफ्नो कवित्वको मूल्यसमेत थाहा पाउ“छ । 

नेपाली कवितासम्बन्धी समग्र अध्ययनका लागि नेपालका कविहरूको मात्र चर्चा नगरी नेपालबाहिर पनि नेपाली कविताको राम्रो स्थिति छ भन्ने कुरालाई ग्रन्थकार डा.लुइटेलले यस ग्रन्थमा चर्चा गरेका छन् । नेपालबाहिर नेपाली कविताको परिदृश्य शीर्षकमा एकसयभन्दा बढी प्रवासी नेपाली कवि र तिनका काव्य/कविताकृतिको उल्लेख गरिएको छ । 

यी सबै दृष्टिबाट पनि प्रस्तुत ग्रन्थ अहिलेसम्मको नेपाली कविताका सम्बन्धमा लेखिएको विशिष्ट ग्रन्थ हो र डा.लुइटेलको यस ग्रन्थलाई नेपाली कविताको सम्पूर्ण इतिवृत्त वा नेपाली कविताको इन्साइक्लोपेडिया भन्न सकिन्छ, किनकि यस ग्रन्थमा—
-कविताको समग्र सैद्धान्तिक निरूपण स्पष्ट र वस्तुगत छ ।
-कवितासम्बन्धी पूर्वीयपाश्चात्य र नेपाली मान्यताको व्यवस्थित सङ्गठन, मन्थन र मूल्याङ्कन छ ।
-कतिपय सैद्धान्तिक मान्यताको नवीन व्याख्या छ ।
-नेपाली कविताको विकासक्रमको व्यवस्थित विवेचना छ ।
-अस्पष्ट र अव्याख्येय कुराहरूको स्पष्ट व्याख्या छ ।
-आधुनिकतासम्बन्धी पाश्चात्य अवधारणाको विकास, व्याख्या र तुलना प्रतितुलनाका माध्यमबाट स्पष्ट पारिएको छ ।
-आधुनिकतासम्बन्धी नेपाली अवधारणाको व्याख्या, यससम्बन्धी विभिन्न मतमतान्तरहरूको तर्कपूर्ण खण्डन–मण्डनका साथ ठोस निर्णयात्मक सर्वमान्य निष्कर्ष प्रस्तुत गरी आधुनिकताका मूल अभिलक्षणहरूलाई स्पष्ट रूपमा उल्लेख गरिएको छ । 
-नेपाली कविताका तीनवटै कालखण्ड र ती कालखण्डअन्तर्गतका धारा–उपधाराहरूको विश्लेषणका साथै ती धाराभित्र रहेर लेख्ने सम्पूर्ण कविहरूको नाम र तिनका कृतिको उल्लेख छ । 
-प्रत्येक धाराका प्रतिनिधिमूलक र विशिष्ट योगदान दिने कवि, तिनका कृति र प्रवृत्तिको समेत व्याख्या छ । 
-प्रत्येक धाराहरूको पृष्ठभूमिगत सन्दर्भ प्रस्तुत गरी नेपाली कविताका सन्दर्भमा व्याख्या गरिएको छ ।
-समसामयिकता र आधुनिकताका बीचको भिन्नता देखाई समसामयिकताको नवीन व्याख्यासमेत गरिएको छ ।
-ग्रन्थलाई सकेसम्म सर्वाङ्ग र पूर्ण बनाउने प्रयास छ ।

उपर्युक्त बु“दाहरूका आधारमा कविता सिद्धान्त र नेपाली कविताको इतिहास ग्रन्थ नेपाली कविताका सम्बन्धमा लेखिएको अहिलेसम्मको सम्पूर्ण पुस्तक हो । 

ग्रन्थ निर्माणपद्धति र इतिहासलेखनको फड्को 
डा.खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास शीर्षकको प्रस्तुत ग्रन्थमा कवितासम्बन्धी सामान्य सूचनादेखि लिएर विस्तृत व्याख्या–विश्लेषणसम्मका कुराहरू रहेका छन् । कविता विधामाथि मात्र केन्द्रित भएर सम्पूर्ण सूचनाहरू सङ्कलन गरी झन्डै पा“च सय पृष्ठको बृहद् ग्रन्थ तयार गर्नु कष्टसाध्य काम हो । यो ग्रन्थ निर्माणमा विशेषतः आवश्यकताअनुरूप सबै किसिमका अनुसन्धान विधिहरू अवलम्बन गरिएको छ तापनि विवरणात्मक, व्याख्या–विश्लेषणात्मक, संरचनात्मक, ऐतिहासिक आदि अनुसन्धानपद्धतिहरूको बढी प्रयोग गरेर ग्रन्थलाई वैज्ञानिक बनाइएकाले यस ग्रन्थमा वैज्ञानिक अनुसन्धानपद्धतिका विशेषताहरू प्राप्त गर्न सकिन्छ । 

ग्रन्थभित्रका विषयवस्तुको व्याख्या, स्पष्टीकरण, निरूपण आदिका क्रममा पनि भाषिक जन्जालद्वारा प्रस्तुतिलाई जेलेर जबर्जस्ती ग्रन्थलाई गरुङ्गो बनाउने प्रवृत्तिबाट ग्रन्थकार डा.लुइटेल पूर्णतया मुक्त छन् । त्यसैले ग्रन्थलाई शब्दाडम्बर र भाषिक सञ्जालले गरुङ्गो नबनाई विषयवस्तुको ठोस, वस्तुगत, स्पष्ट र तर्कपूर्ण प्रस्तुतिले ग्रन्थ आपैंm गरुङ्गो, महत्वपूर्ण र गरिमायुक्त बनेको छ । अस्पष्ट, सन्दिग्ध, द्वयर्थक र घुमाउरो किसिमका भाषिक प्रयोगबाट टाढा रहेको यो ग्रन्थ नेपाली कविताको इतिहासलेखनको एउटा महत्वपूर्ण र विशिष्ट फड्को हो । यस ग्रन्थमा कविका प्रवृत्ति र कृतिका सन्दर्भको चर्चाका क्रममा प्रतिनिधिमूलक सर्वेक्षण पद्धतिलाई अवलम्बन गरिए पनि नेपाली कविताको समग्र ऐतिहासिक विवरण र हालसम्मको समग्र सर्वेक्षणसमेत गरिएकाले यस ग्रन्थले नेपाली कविताका बारेमा आधिकारिक र प्रामाणिक ढङ्गले समग्र सूचना प्रदान गर्दछ भने विश्लेषण र मूूल्याङ्कनले नेपाली कवि र कविताको स्थिति, प्रवृत्ति र दिशानिर्धारणसमेत गर्दछ । यस अर्थमा पनि यो ग्रन्थ यससम्बन्धी पूर्वाध्ययनका सापेक्षतामा एउटा ठूलो फड्को हो । 

निष्कर्ष
प्रखर समालोचक डा.खगेन्द्रप्रसाद लुइटेलद्वारा लिखित कविता सिद्धान्त र नेपाली कविताको इतिहास ग्रन्थ एकातिर भएका सामग्रीहरूको कुशल व्यवस्थापनयुक्त सङ्गठन पनि हो भने अर्कातिर मौलिक र नवीन सिद्धान्तको प्रतिपादन, व्याख्या र विश्लेषण पनि हो । कविता सिद्धान्त र नेपाली कविताको अथ–इति थाहा पाउनका लागि एउटा आधारग्रन्थ र गुरुग्रन्थका रूपमा पनि यो कृति मूल्याङ्कित हुन्छ । साहित्यका सामान्य विद्यार्थीदेखि अन्य पाठक, प्राध्यापक र अनुन्धानकर्ताहरूका लागिसमेत सयौं ग्रन्थ पल्टाउनु पर्ने झन्झटबाट यस ग्रन्थले मुक्ति दिन्छ र सबैका लागि यो ग्रन्थ अत्यन्त सङ्ग्रहणीय र पठनीय देखिन्छ । अझ स्पष्ट रूपमा भन्नुपर्दा कविता सिद्धान्त र नेपाली कविताको इतिहासका बारेमा लेखिएको एउटा तयारी ग्रन्थका रूपमा यसलाई लिनसकिन्छ ।

- बिहीबार, 11 कार्तिक, 2067
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger