Pages

Home » » मुक्तक दोहोरी : समिक्षा भुसाल र पुरन वियोग बीच

मुक्तक दोहोरी : समिक्षा भुसाल र पुरन वियोग बीच

पुरन बियोग
कहिले कांहि तिम्रै यादमा हराउछु समिक्षा
तर पनि तिमीलाई भन्न डराउछु समिक्षा
आज त दिल खोलेर भन्छु है एउटा कुरा
म तिमीलाई धेरै मन पराउछु समिक्षा

समिक्षा भुसाल
राम्रो बन्न मेरो सामु सोझो बन्या छौ की
मुखले यता ठिक्कै पारी अन्तै छन्या छौ की
सुनेकी छु केटा मान्छे स्वार्थी हुन्छन रे
तिमले पनि सबैलाई यहि भन्या छौ की


पुरन बियोग
हिडेका पाईला गनेको छैन
पिरतीको बाटो खनेको छैन
चोखो माया तिमीलाई गर्छु
अरुलाई माया गर्छु भनेको छैन

समिक्षा भुसाल
मन नपराई कसैलाई नि माया गर्छु भन्दिन म
साथी मात्र बन्छु पुरन जिबनसाथी बन्दिन म
न त भेट घाट भाछ हाम्रो न त चिनजान पनि
अपरीचित मान्छे संग माया लाउन मान्दिन म

पुरन बियोग
म पनि तिमीलाई यही भन्ने सोचमा छु
आफु हिड्ने बाटो आफै खन्ने सोचमा छु
भनि देऊ तिमी कुन ठाँउमा बस्छेऊ
तिमी लाई भेटी साथी बन्ने सोचमा छु

समिक्षा भुसाल
नाम समिक्षा हो भुसाल थर सम्झिराख
बाग्लुङको नाराणस्थान घर सम्झिराख
भेट्न मन लागे खबर गरि आउनु है त
अहिले बस्ने बाग्लुङ बजार सम्झिराख

पुरन बियोग
संधै एक्लै हुन्छु कसरी आऊ भन
भोक लाग्दा बाटोमा के खाऊ भन
असल साथी बनि अगाडी बढ्न
तिमीलाई भेट्न कहिले आऊ भन

समिक्षा भुसाल
माया लाउने बिश्वास दिलाएर आऊ
टुक्रा पारी होइन मुटू सिलाएर आऊ
म छु यहाँ खाना बस्न चिन्ता किन गर्छौ
कहिले हुन्छ तिमलाई समय मिलाएर आऊ

पुरन बियोग
हाम्रो साथीको नाता टिकाई देऊ न है
दुख अनि पिडा कतै बिकाई देऊ न है
अर्को साल माघमा आऊछु समिक्षा
बरु कुन बाटो आउने सिकाई देऊ न है

समिक्षा भुसाल
शँका हैन बिश्वास गर छोड्ने छैन कसम
सजाएका सपना हरु तोड्ने छैन कसम
पोखरा अनि कुस्मा हुदै आऊनु छिट्टै बाग्लुङ
पर्खि बस्छु अन्त नाता जोड्ने छैन कसम

पुरन बियोग
सबै कुरा रोज्न गाह्रो हुन्छ कि
खुशीहरु जोख्न गाह्रो हुन्छ कि
बाग्लुङमा म आई पुगे पछि
तिम्रो घर खोज्न गाह्रो हुन्छ कि

समिक्षा भुसाल
माया भन्नी के रहेछ लाए पछि थाहा पाउछौ
सजिलो या गाह्रो पाए पछि थाहा पाउछौ
तिमलाई के को टेनसन भयो लिन म आउछु
कहाँ रहेछ घर बाग्लुङ आए पछि थाहा पाउछौ

पुरन बियोग
मायाले मन बेरी पर्खि बस्नु है
मन मुटूलाई घेरी पर्खि बस्नु है
तिमलाई भेट्न समिक्षा आउदैछु म
संधै मेरै बाटो हेरी पर्खि बस्नु है
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger